एमालेलाई काठमाडौंका सीडीओले कडा जवाफ – राजनीतिक विषयमा प्रवेश गर्दैनौं, आन्दोलनको नाममा  तोडफोड र आगजनी गरेमा कारबाही गर्छौं

काठमाडौंका सिडिओ ईश्वरराज पौडेलले केपी ओली पक्राउको विरोध पत्र बुझाउन आएका एमालेका नेता–कार्यकर्ताहरुलाई आफु राजनीतिक विषयमा आफूहरु प्रवेश नगर्ने भन्दै कडा जवाफ दिएका छन् । सिडिओ पौडेलको जवाफ सुनेपछि एक एमाले नेताले यो राजनीतिक मात्र नभई कानुनी विषयपनि भएको बताएका थिए । तर सिडिओ पौडेलले यसमा धेरै बहस नगर्ने भन्दै कडा जवाफ फर्काएका हुन् । […]

पुरा पढ्नुहोस्

तीन पूर्व प्रधानमन्त्रीहरु ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्न सीआईबीले अघि बढायो प्रक्रिया

सरकारले पूर्व प्रधानमन्त्रीहरु केपी ओली, शेरबहादुर देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने निर्णय गरेसँगै सीआईबीले कानुनी प्रक्रिया अघि बढाएको छ। आइतबार बिहान बालेन साह नेतृत्वको सरकारले तीन पूर्व प्रधानमन्त्रीको सम्पत्ति छानविन गर्ने निर्णय गरेको थियो। त्यस लगत्तै सम्पत्ति शुद्धीकरण विभागले केन्द्रीय अनुसन्धान ब्यूरोलाई पत्राचार गरेपछि सीआईबीले अनुसन्धान अघि बढाएको हो।

पुरा पढ्नुहोस्

ओली र लेखक पक्राउपछि दलहरुसँग संवाद गर्न एमालेले तोक्यो जिम्मेवारी

१४ चैत, काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि उत्पन्न राजनीतिक घटनाक्रमबारे अन्य दलसँग संवाद गर्न जिम्मेवारी बाँडफाँट गरेको छ। आज च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालयको आकस्मिक बैठकले विभिन्न तहमा संवाद र प्रतिवादलाई व्यवस्थित गर्ने निर्णय गरेको हो। राजनीतिक दलहरूसँग संवादको संयोजन उपाध्यक्ष विष्णु पौडेलले गर्नेछन् भने […]

पुरा पढ्नुहोस्

ओली पक्राउविरुद्ध एमालेको कडा विरोध, रिहाइको माग गर्दै विरोध प्रदर्शन गर्ने निर्णय

नेकपा एमालेले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई  पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ। आज बसेको सचिवालय बैठकले उक्त कदमलाई लोकतन्त्र र कानुनी शासनविरुद्धको कार्य भएको ठहर गर्दै सशक्त कानुनी तथा राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिए। बैठकले आजै अपराह्न ३ बजे देशभरका जिल्ला सदरमुकाममा जनसंगठनहरूको […]

पुरा पढ्नुहोस्

राजनीतिक नियुक्ति पाएकालाई राजीनामा दिन रास्वपाको आग्रह, स्वेच्छिक राजीनामा नदिए निलम्बन गर्ने संकेत

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसअघिका सरकारबाट राजनीतिक नियुक्ति लिएकाहरुलाई स्वेच्छिक रूपमा राजीनामा दिन आग्रह गरेको छ। पार्टीले योग्यता र क्षमताभन्दा पहुँच र राजनीतिक प्रभावका आधारमा भएका नियुक्ति अस्वीकार्य भएको स्पष्ट गरेको छ। रास्वपाका अनुसार यस्ता अभ्यासले राज्य संयन्त्र कमजोर बनाउने भएकाले यसको अन्त्य आवश्यक छ। पार्टीले राजनीतिक नियुक्ति लिएकाहरुले स्वस्फूर्त राजीनामा दिए आगामी सरकारले […]

पुरा पढ्नुहोस्

भक्तपुरका नवनिर्वाचित सांसदद्वारा साझा समस्याको समाधानमा एकजुट हुने प्रतिबद्धता

रामहरि चौलागाईं/ भक्तपुर। भक्तपुरबाट नवनिर्वाचित सांसदहरूले जिल्लाका साझा समस्याहरू समाधान गर्न एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन्। कार्यक्रममा नवनिर्वाचित सांसदहरू रुकेश रञ्जित, राजीव खत्री, कुसुम महर्जन, मदनकृष्ण श्रेष्ठ तथा डा. गङ्गालक्ष्मी अवालले मन्तव्य राख्दै विकास, सुशासन […]

पुरा पढ्नुहोस्

स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन एकैपटक गर्नुपर्छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

निर्वाचन आयोगका  कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन एकैपटक गर्नुपर्ने बताएका छन्।   बिहिबार समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गर्ने क्रममा आयुक्त भण्डारीले यस्तो धारणा राखेका हुन्। उनले २०८४ सालमा हुने दुवै तहका निर्वाचन एकैपटक गर्दा समय, खर्च र व्यवस्थापनमा सहजता हुने समेत उल्लेख गरे।

पुरा पढ्नुहोस्

कांग्रेस सभापति गगन थापाले दिएको राजिनामा अस्वीकृत हुने

नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट दिएको राजिनामा अस्वीकृत हुने भएको छ। कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा गगन थापाले सभापति पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने भएसँगै उनको राजिनामा अस्वीकृत हुने भएको हो।

पुरा पढ्नुहोस्

देशभरमा ९ सिट मात्र जितेको एमाले बागमती प्रदेशमा शुन्य

देशभरमा ९ सिट मात्र जितेर तेश्रो स्थानमा खुम्चिएको नेकपा एमाले बागमती प्रदेशमा भने हात लाग्यो शुन्य भएको छ।   जेन जी आन्दोलन अघि देशकै नेतृत्व र प्रदेशको मुख्यमन्त्रीको साँचो हात पारेको एमाले फागुन २१ गतेको निर्वाचनसंगै बागमतीमा मात्र नभई देशैभरिबाट बढारिएको हो।

पुरा पढ्नुहोस्

बालेनले आयोगसमक्ष बुझाए निर्वाचन खर्च विवरण

बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता समेत रहेका शाह झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनले निर्वाचन कार्यालयमा बुझाएको विवरणअनुसार चुनावी अभियानमा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। विवरणअनुसार १५ दिनको अवधिमा दुई वटा सवारीसाधन भाडामा लिन २ […]

पुरा पढ्नुहोस्