राम शेखरको ख्याल: ब्वज्याको उद्घाटन सम्पन्न

मनोरन्जन
0Shares

नाट्यकर्मी समाज नेपालको आयोजनामा ११ दिने ‘ख्याल: मेला (राम शेखरया ख्याल: ब्वज्या)’ शनिबार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेको प्रमुख आतिथ्यतामा सुरु भएको छ।

उद्घाटन कार्यक्रममा बिजुक्छेले ख्याल:का रचनाकार राम शेखरले समाजमा रहेका विकृति र विसंगतिलाई हास्यव्यंग्यमार्फत सुधारको सन्देश दिएको भन्दै यस्ता साहित्यले बहुसंख्यक जनताको हितमा योगदान पुर्‍याउने बताए। उनले गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा आबद्ध विदेशी गुप्तचरका गतिविधिप्रति सचेत रहनुपर्ने धारणा पनि राखे।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले जनपक्षीय साहित्यले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। कलाकार आशकाजी थकुले परम्परागत ख्याल:लाई समयअनुकूल रूपमा मञ्चन गर्दै नयाँ पुस्तासम्म पुर्‍याउनुपर्नेमा जोड दिए।

मेलाको पहिलो दिन भक्तपुर साकोसले ‘खेल खत्तम’ मञ्चन गरेको थियो। दोस्रो दिन आइतबार ख्वप कलेजले ‘छेरावती द्य:’ र तेस्रो दिन स्टार वाचनालयले दिउँसो १२ बजे अर्को ख्याल: प्रस्तुत गर्ने आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *