रास्वपाको स्वकीय सचिवमा नातावाद र परिवारवादलाई पूर्ण निषेध

अन्य समाचार
0Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )ले आफ्ना संघीय सांसदलाई एकाघरका सदस्य वा नजिकका आफन्तलाई स्वकीय सचिव नियुक्त नगर्न गर्न नपाइने निर्देशन जारी गरेको छ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको निर्देशनमा स्वकीय सचिव नियुक्ति गर्दा नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ। नियुक्ति पारिवारिक वा नातागोताभन्दा बाहिरका योग्य व्यक्तिबाट मात्रै गर्नुपर्ने व्यवस्था गरिएको छ।

स्वकीय सचिव छनोट सार्वजनिक आह्वान वा खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट गर्नुपर्ने आन्तरिक निर्देशनमा उल्लेख छ । उम्मेदवारले संघीय संसद् सचिवालयले तोकेको न्यूनतम शैक्षिक योग्यता अर्थात् स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ।

अनुसन्धान क्षमता, प्रविधिमैत्री सीप तथा पार्टीको मूल्य र मान्यताप्रति प्रतिबद्ध व्यक्तिलाई प्राथमिकता दिइने उल्लेख छ। साथै, योग्यता पुगेका महिला, सीमान्तकृत समुदाय र पछाडि पारिएका वर्गलाई प्राथमिकता दिने व्यवस्था पनि गरिएको छ।

पार्टीले नियुक्त हुने स्वकीय सचिव अन्यत्र पूर्णकालीन रोजगारीमा आबद्ध हुन नपाउने र दोहोरो आर्थिक सुविधा लिन नपाउने स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *