सरकारले पूर्व प्रधानमन्त्रीहरु केपी ओली, शेरबहादुर देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने निर्णय गरेसँगै सीआईबीले कानुनी प्रक्रिया अघि बढाएको छ।
आइतबार बिहान बालेन साह नेतृत्वको सरकारले तीन पूर्व प्रधानमन्त्रीको सम्पत्ति छानविन गर्ने निर्णय गरेको थियो। त्यस लगत्तै सम्पत्ति शुद्धीकरण विभागले केन्द्रीय अनुसन्धान ब्यूरोलाई पत्राचार गरेपछि सीआईबीले अनुसन्धान अघि बढाएको हो।

