काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसअघिका सरकारबाट राजनीतिक नियुक्ति लिएकाहरुलाई स्वेच्छिक रूपमा राजीनामा दिन आग्रह गरेको छ। पार्टीले योग्यता र क्षमताभन्दा पहुँच र राजनीतिक प्रभावका आधारमा भएका नियुक्ति अस्वीकार्य भएको स्पष्ट गरेको छ।
रास्वपाका अनुसार यस्ता अभ्यासले राज्य संयन्त्र कमजोर बनाउने भएकाले यसको अन्त्य आवश्यक छ। पार्टीले राजनीतिक नियुक्ति लिएकाहरुले स्वस्फूर्त राजीनामा दिए आगामी सरकारले पारदर्शी प्रक्रिया अपनाउँदै प्रतिस्पर्धाका आधारमा योग्य तथा सक्षम व्यक्तिलाई नियुक्त गर्न सक्ने बताएको छ। साथै, पार्टीले आफूहरूको आग्रह बेवास्ता गर्दै पदमा कायम रहनेहरूमाथि आवश्यक परे निलम्बनको प्रक्रिया अघि बढाउने संकेतसमेत दिएको छ।
रास्वपाले यस विषयमा चाँडै औपचारिक निर्णय गर्ने तयारीसमेत गरेको जनाएको छ।

