भक्तपुरका नवनिर्वाचित सांसदद्वारा साझा समस्याको समाधानमा एकजुट हुने प्रतिबद्धता

राजनीति
0Shares

रामहरि चौलागाईं/ भक्तपुर। भक्तपुरबाट नवनिर्वाचित सांसदहरूले जिल्लाका साझा समस्याहरू समाधान गर्न एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन्। कार्यक्रममा नवनिर्वाचित सांसदहरू रुकेश रञ्जित, राजीव खत्री, कुसुम महर्जन, मदनकृष्ण श्रेष्ठ तथा डा. गङ्गालक्ष्मी अवालले मन्तव्य राख्दै विकास, सुशासन र जनताका आधारभूत आवश्यकतामा केन्द्रित भएर काम गर्ने बताएका थिए।

यसै क्रममा विगत दुई दशकदेखि भ्रष्टाचारविरुद्ध सामाजिक सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको हेम सरिता पाठक फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठकले सांसदहरूले अब भ्रष्टाचार नगर्ने प्रतिज्ञा गर्नुपर्ने र विगतका भ्रष्टाचारका घटनाहरूको छानबिन गर्न पहल गर्नुपर्नेमा जोड दिएका थिए।

सोसाइटीका उपाध्यक्ष दिपेन्द्रराज खत्रीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष अरुण महतले राखेका थिए भने सभापतित्व प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *