नेपालमै पहिलोपटक ४ जनाले गरे, शरीर दान गर्ने ऐतिहासिक घोषणा

भक्तपुर — नेपालमा पहिलोपटक चार जनाले एकैपटक आफ्नो शरीर दान गर्ने घोषणा गरेका छन्। विश्व अंगदान दिवसको अवसरमा नेपाल अंगदाता संघको आयोजनामा शनिबार एभरेष्ट स्कूल, मिबाछें, भक्तपुरमा सम्पन्न कार्यक्रममा चार जनाले मृत्युपछि आफ्नो शरीर दान गर्ने घोषणा गरेका हुन्। शरीर दान गर्ने घोषणा गर्नेहरूमा भक्त राजभण्डारी, कमलदेवी अमात्य राजभण्डारी, लक्ष्मीदेवी राजभण्डारी श्रेष्ठ र मदनकृष्ण श्रेष्ठ […]

पुरा पढ्नुहोस्

भक्तपुर क्यान्सर अस्पतालका ३७२ कर्मचारीको भविष्य अन्योलमा

भक्तपुर, असार ३० — भक्तपुर क्यान्सर अस्पताल विकास समितिले अस्पतालको कर्मचारी सेवा, शर्त तथा सुविधा विनियमावली हालसम्म स्वीकृत नभएको भन्दै ३७२ कर्मचारीको भविष्य अन्योलमा परेको जनाएको छ। समितिले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा गठन आदेश–२०७७ अनुसार अस्पतालको सञ्चालन तथा व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत हुँदै आएको उल्लेख गर्दै विनियमावली स्वीकृतिमा भइरहेको ढिलाइप्रति गम्भीर ध्यानाकर्षण गराएको […]

पुरा पढ्नुहोस्

भनपा–३ मा रास्वपाको संगठन विस्तार, सभापतिमा नारायण प्रसाद सिलाकार सर्वसम्मत

भक्तपुर। राष्ट्रिय स्वतन्त्र पार्टी भक्तपुर नगरपालिका–३ मा सम्पन्न प्रथम ऐतिहासिक वडा अधिवेशनबाट नारायण प्रसाद सिलाकार सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित भएका छन्। शनिबार सम्पन्न अधिवेशनले ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। नवगठित कार्यसमितिको उपसभापतिमा रमेश चगुथी, सचिवमा सोनम थिमी तथा सदस्यहरूमा बिनोज श्रेष्ठ र सरोज साखकर्मी चयन भएका छन्। त्यसैगरी महिला सदस्यमा रश्मिला हाड़ा र […]

पुरा पढ्नुहोस्

एसईई नतिजामा सुधार, गत वर्षभन्दा ४.१७ प्रतिशत वृद्धि

राष्ट्रिय परीक्षा बोर्डले सोमबार माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो गत वर्षको तुलनामा ४.१७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । यसपटक २ लाख ८४ हजार १६० जना विद्यार्थी ग्रेडेड भएका […]

पुरा पढ्नुहोस्

अजिमाको रथ तान्न महिलाको अग्रसरता, बिस्का जात्रा अझ आकर्षक

भक्तपुर। भक्तपुरमा जारी बिस्का जात्राको सातौँ दिन यस वर्ष विशेष रूपमा महिलाको सक्रिय सहभागिताले नयाँ इतिहास रचेको छ। परम्परागत रूपमा पुरुषहरूले मात्र अजिमाको खट (रथ) तान्ने चलन रहँदै आएकोमा यसपटक महिलाहरू अग्रसर भई नकिन्जु खचा (अजिमाको रथ) तानेर समावेशी सन्देश दिएका छन्। स्थानीय आमा, दिदीबहिनी तथा चेलीहरूको उत्साहजनक उपस्थितिले जात्रामा नयाँ ऊर्जा थपेको छ भने […]

पुरा पढ्नुहोस्

ढालियो ५५ हात लामो भक्तपुरको ल्योसिंखेलको ल्योसिंद्य

भक्तपुर। भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का जात्रा अन्तर्गत मंगलबार साँझ मुख्य आकर्षण मानिने ल्योसिंद्य (लिंगो) विधिपूर्वक ढालिएको छ।  पूजाआजा पछि साँझ ५ बजेर ४९ मिनेटमा ल्योसिंद्य ढालिएको हो। लिंगो ढाल्नु अघि त्यसमा बेरिएका डोरी फुकाल्ने ‘वल फेनेगू’ प्रक्रिया सम्पन्न गरिएको थियो। त्यसपछि चारैतिरबाट डोरी तानेर लिंगो ढाल्ने क्रममा केही समय तानातान समेत भएको थियो। अन्ततः लिंगो […]

पुरा पढ्नुहोस्

ईट्टा भट्टादेखि जग्गा एकीकरण छानबिनको एजेन्डा लिएर प्रधानमन्त्रीसँग भेट: रुकेश रंजितले उठाए १२ बुँदे प्रमुख मुद्दा

प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको भेटघाटका क्रममा माननीय रुकेश रंजितले भक्तपुरको समग्र विकास, पूर्वाधार सुधार तथा सांस्कृतिक संरक्षणसँग सम्बन्धित १२ वटा महत्वपूर्ण विषयहरू प्रस्तुत गरेका छन्। सोमबार बागमती प्रदेशका सांसदहरूसँग भएको छलफलमा उनले आफ्नो क्षेत्रका मुख्य चुनौतीहरूबारे ध्यानाकर्षण गराएका हुन्। रंजितले ख्वप विश्वविद्यालय सम्बन्धी विधेयक तत्काल ल्याउन, दुवाकोटमा प्रस्तावित वीर अस्पतालको डीपीआर अगाडि बढाउन तथा महादेव […]

पुरा पढ्नुहोस्

भक्तपुरको ल्योसिंखेल र पोटरी स्क्वायरमा बिस्केट जात्राको लिंगो ठड्याइयो

भक्तपुर। बिस्केट जात्रा (बिस्का)को आज चौथो दिन सोमबार बिहान भक्तपुरको पोटरी स्क्वायरमा हात नभएको ल्योसिंद्य (लिंगो) उभ्याइएको थियो भने साँझ भक्तपुर नगरपालिका वडा नं. ५ स्थित ल्योसिंखेलमा करिब ५५ हात लामो ल्योसिंद्य ठड्याइएको छ। परम्पराअनुसार ल्योसिंखेलको लिंगो वैशाख १ गते ढालिनेछ भने पोटरी स्क्वायरको लिंगो बैशाख ५ गते मात्र ढालिने चलन छ। जात्रा अवलोकन गर्न […]

पुरा पढ्नुहोस्

ओली र लेखक पक्राउपछि दलहरुसँग संवाद गर्न एमालेले तोक्यो जिम्मेवारी

१४ चैत, काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि उत्पन्न राजनीतिक घटनाक्रमबारे अन्य दलसँग संवाद गर्न जिम्मेवारी बाँडफाँट गरेको छ। आज च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालयको आकस्मिक बैठकले विभिन्न तहमा संवाद र प्रतिवादलाई व्यवस्थित गर्ने निर्णय गरेको हो। राजनीतिक दलहरूसँग संवादको संयोजन उपाध्यक्ष विष्णु पौडेलले गर्नेछन् भने […]

पुरा पढ्नुहोस्

ओली पक्राउविरुद्ध एमालेको कडा विरोध, रिहाइको माग गर्दै विरोध प्रदर्शन गर्ने निर्णय

नेकपा एमालेले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई  पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ। आज बसेको सचिवालय बैठकले उक्त कदमलाई लोकतन्त्र र कानुनी शासनविरुद्धको कार्य भएको ठहर गर्दै सशक्त कानुनी तथा राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिए। बैठकले आजै अपराह्न ३ बजे देशभरका जिल्ला सदरमुकाममा जनसंगठनहरूको […]

पुरा पढ्नुहोस्