घरपालुवा कुकुर व्यवस्थापन गर्न सूर्यविनायकको कडा कदम

भक्तपुरको सूर्यविनायक नगरपालिकाले घरपालुवा कुकुरको व्यवस्थापनका लागि नयाँ मापदण्ड लागू गर्दै अनिवार्य दर्ता, रेबिजसहित नियमित खोप, बाहिर लैजाँदा पट्टा प्रयोग तथा सार्वजनिक पार्क र खुला स्थानमा दिसापिसाब गराउन रोक लगाएको छ। नगरपालिकाले नियम उल्लङ्घन गर्ने व्यक्ति विरुद्ध मुलुकी अपराध संहिता, २०७४ अनुसार कैद वा जरिवानासहित कानुनी कारबाही हुन सक्ने चेतावनी दिएको छ। बढ्दो अव्यवस्थित कुकुर […]

पुरा पढ्नुहोस्

केदारनाथको शिर डोलेश्वरमा श्रावणी मेलामा ५० लाख भक्तजन आउने

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर मानिने डोलेश्वर महादेव मन्दिरमा साउन १ गतेदेखि सुरु हुने ३८ दिने श्रावणी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। मेला अवधिमा करिब ५० लाख स्वदेशी तथा ५० हजार भारतीय भक्तजन आउने अनुमान गरिएको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिए। मेलाबाट एक करोड […]

पुरा पढ्नुहोस्

बुद्धिकृष्ण लामिछानेलाई बिर्सदा : भक्तपुरले आफ्नै आवाज बिर्सिरहेको छ

कुनै पनि समाजको वास्तविक उचाई  त्यो समाजले बनाएका भवन होइन, बचाएका स्मृतिले मापन हुन्छ। सडक, पुल, पार्क र प्रवेशद्वार बिकासका जीवन्त हुन सक्छन तर समाजलाई इतिहासमा चिनाउने सस्कृतिका सम्बाहक भनेका त्यहि समाजका  श्रष्टा , कलाकार नै हुन्। बिडम्बना भन्नु पर्छ , हामीले बिकासको आत्मा सस्कृतिलाई जीवन दिने मानिसहरुलाई चाही विस्तारै ओझेलमा परिरहेका छौ। भक्तपुर , […]

पुरा पढ्नुहोस्

काँक्राबारीमा जग्गा प्लटिङको अवस्था बुझ्न संयुक्त टोलीको अनुगमन

भक्तपुर। भक्तपुरको काँक्राबारी क्षेत्रमा भइरहेको जग्गा प्लटिङ र त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित क्षतिको न्यूनीकरणका लागि सोमबार संयुक्त अनुगमन गरिएको छ। भक्तपुरका प्रतिनिधिसभा सदस्यद्वय रुकेश रञ्जित र राजीव खत्री, प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रशासनको संयुक्त टोलीले स्थलगत निरीक्षण गर्दै वस्तुस्थितिबारे जानकारी लिएका हुन्। अनुगमनका क्रममा जग्गा प्लटिङको वर्तमान अवस्था, कानुनी मापदण्डको पालना, सम्भावित वातावरणीय […]

पुरा पढ्नुहोस्

लालपुर्जा वितरणमार्फत सुकुम्वासी समस्या समाधान गर्न सरकारको तयारी

गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको अवलोकन गर्दै सुकुम्वासीसँग छलफल गरेका छन्। टोलीमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोख्रेल, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, स्वास्थ्य, महिला तथा श्रम मन्त्रालयका मन्त्रीहरू पनि सहभागी थिए। अवलोकनपछि भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले आवश्यक कानुनी प्रक्रिया पूरा गरी वास्तविक […]

पुरा पढ्नुहोस्

आत्मदाह गरेका गणेश नेपालीलाई शहीद घोषणा गर्ने तयारी

काठमाडौंबाट आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीलाई शहीद घोषणा गर्ने प्रक्रिया सरकारले अघि बढाउने भएको छ। मृतकका परिवार र सरकारबीच भएको सहमतिअनुसार प्रचलित कानुन, विगतको अभ्यास तथा गठन हुने स्वतन्त्र छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा शहीद घोषणा गर्ने निर्णय प्रक्रिया अघि बढाइनेछ। सहमतिअनुसार घटनाको सत्यतथ्य छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र समिति गठन गरिनेछ, […]

पुरा पढ्नुहोस्

रास्वपा चाँगुनारायण गुरुयोजनासंगै निर्वाचन रणनीतिमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चाँगुनारायण नगर समिति आगामी स्थानीय तह निर्वाचनको तयारीलाई व्यवस्थित बनाउन र पालिकाको पाँचवर्षे विकास गुरुयोजना निर्माण गर्न सक्रिय भएको छ। तल्लो तहदेखि माथिल्लो तहसम्मका सांगठनिक अधिवेशन सम्पन्न गरेसँगै नगर समितिले चुनावी रणनीति र विकासको दीर्घकालीन खाका तयार पार्ने काम अघि बढाएको हो। नगर समितिले पार्टीको मेरिटोक्रेसी (योग्यता प्रणाली) र खुला आह्वानको […]

पुरा पढ्नुहोस्

गणेश नेपाली प्रकरण : मुगुवासीलाई आन्दोलनमा आउन सांसद शाहीको आह्वान

काठमाडौं । नेपाली कांग्रेसका सांसद खड्कबहादुर शाहीले सरकारले ‘दिनदहाडै हैकमवाद’ चलाएको आरोप लगाउँदै मुगुवासीसहित सम्पूर्ण नेपालीलाई आन्दोलनमा उत्रिन आह्वान गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले सरकारको कार्यशैलीका कारण गरिब र निमुखा नागरिक आत्महत्यासम्म पुग्न बाध्य भएको दाबी गरे। गणेश नेपालीको मृत्यु प्रकरण उल्लेख गर्दै शाहीले आफू बिहीबार साँझ वीर अस्पताल पुगेको र चिकित्सकहरूले त्यतिबेलै उनको […]

पुरा पढ्नुहोस्

त्रिपुरेश्वर आत्मदाह प्रकरण : गणेश नेपालीको मृत्यु पुष्टि

काठमाडौं । काठमाडौँको त्रिपुरेश्वरमा बिहीबार आत्मदाहको प्रयास गरेका भनिएका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ। वीर अस्पतालले उनको निधन भएको पुष्टि गरेको हो। अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार शरीरको अधिकांश भाग जलेर गम्भीर घाइते भएका नेपालीको सघन उपचारका क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो। उनको उपचार बचाउन चिकित्सक टोलीले […]

पुरा पढ्नुहोस्

डोलेश्वर महादेवमा श्रावणी मेला २०८३ को तयारी तीव्र, असार २५ देखि माइकिङ गर्ने

भक्तपुर । केदारनाथको शिरका रूपमा प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा सञ्चालन हुने श्रावणी मेला २०८३ को तयारीलाई तीव्र पारिएको छ। मेलालाई व्यवस्थित, सुरक्षित र सफल बनाउन भक्तपुरका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा सुरक्षा निकायका प्रमुख तथा सम्बन्धित सरोकारवाला निकायको सहभागितामा तयारी बैठक सम्पन्न भएको हो। बैठकले असार २५ गते बिहान ७ बजेदेखि माइकिङमार्फत श्रावणी मेलाबारे सार्वजनिक सूचना […]

पुरा पढ्नुहोस्