आत्मदाह गरेका गणेश नेपालीलाई शहीद घोषणा गर्ने तयारी

समाचार
0Shares

काठमाडौंबाट आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीलाई शहीद घोषणा गर्ने प्रक्रिया सरकारले अघि बढाउने भएको छ। मृतकका परिवार र सरकारबीच भएको सहमतिअनुसार प्रचलित कानुन, विगतको अभ्यास तथा गठन हुने स्वतन्त्र छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा शहीद घोषणा गर्ने निर्णय प्रक्रिया अघि बढाइनेछ।

सहमतिअनुसार घटनाको सत्यतथ्य छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र समिति गठन गरिनेछ, जसले सात दिनभित्र प्रतिवेदन बुझाउनेछ। घटनास्थलमा खटिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरीका कर्मचारीलाई छानबिन नसकिँदासम्म निलम्बनका लागि जिल्ला प्रशासन कार्यालयमार्फत पत्राचार गरिने भएको छ।

यस्तै, मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा रोजगारी, छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च, राहत रकम, स्वास्थ्य बीमा तथा काठमाडौंमा अन्त्येष्टि र काजक्रियासम्बन्धी सम्पूर्ण खर्च काठमाडौं महानगरपालिकाले व्यवस्थापन गर्ने सहमति भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *