लालपुर्जा वितरणमार्फत सुकुम्वासी समस्या समाधान गर्न सरकारको तयारी

समाचार
0Shares

गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको अवलोकन गर्दै सुकुम्वासीसँग छलफल गरेका छन्। टोलीमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोख्रेल, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, स्वास्थ्य, महिला तथा श्रम मन्त्रालयका मन्त्रीहरू पनि सहभागी थिए।

अवलोकनपछि भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले आवश्यक कानुनी प्रक्रिया पूरा गरी वास्तविक सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने दिशामा सरकार अघि बढिरहेको बताइन्। उनले सरकारले सुकुम्वासी समस्याको दीर्घकालीन र दिगो समाधानका लागि योजनाबद्ध रूपमा काम गरिरहेको उल्लेख गर्दै प्रक्रिया पूरा भएपछि कसैले पनि सरकारको काममाथि प्रश्न उठाउन नसक्ने दाबी गरिन्। सुकुम्वासी व्यवस्थापनमा केही समय लाग्ने स्वीकार गर्दै उनले यस विषयलाई राजनीतिक स्वार्थको माध्यम नबनाउन सबै पक्षलाई आग्रह गरिन्। गृहमन्त्रीको सचिवालयका अनुसार सरकार तत्कालीन व्यवस्थापनसँगै दीर्घकालीन समाधानको खाका कार्यान्वयन गर्ने तयारीमा जुटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *