सूर्यविनायक नगरपालिका – ७ गुण्डू बन्यो पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डू नगरकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ। शुक्रबार एक कार्यक्रमका बीच नगर प्रमुख बासुदेव थापाले उक्त वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेका हुन्।  कार्यक्रममा नगर उपप्रमुख सरिता भट्टराई, विभिन्न वडाका वडाध्यक्ष, जनप्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो। नगरपालिकाले बालअधिकार संरक्षण, बालमैत्री वातावरण निर्माण तथा स्थानीय […]

पुरा पढ्नुहोस्

चाँगुनारायण नगरपालिकाले सार्वजनिक गर्यो २ अर्ब ४ करोड ४५ हजार रुपैयाँको बजेट

भक्तपुरको चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २ अर्ब ४ करोड ४५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगर उपप्रमुख रमेश बुढाथोकीले नगरसभामा बजेट प्रस्तुत गरेका हुन् । गत वर्षको २ अर्ब ५६ करोड रुपैयाँको तुलनामा यस वर्ष बजेटको आकार घटाइएको छ। अपेक्षाअनुसार राजस्व संकलन हुन नसकेपछि बजेटलाई यथार्थपरक बनाइएको नगरपालिकाले जनाएको छ। […]

पुरा पढ्नुहोस्

रेडक्रसभित्रको भ्रष्टाचार छानबिन गर्न समिति गठन

लामो समयदेखि भ्रष्टाचार, आर्थिक अनियमितता र आन्तरिक विवादको आरोप खेप्दै आएको नेपाल रेडक्रस सोसाइटीले अन्ततः आफ्नै संस्थाभित्रको बेथिति छानबिन गर्न समिति गठन गरेको छ। नवनियुक्त तदर्थ समितिका अध्यक्ष डा. विशाल भण्डारीको नेतृत्वमा गठन भएको समितिले रेडक्रसका सबै तहमा भएका भ्रष्टाचार र अनियमितताका उजुरी संकलन तथा छानबिन गर्ने भएको हो। त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. दीपेश घिमिरेको […]

पुरा पढ्नुहोस्

सूर्यविनायक नगरसभाको २०औं अधिवेशन, नीति तथा कार्यक्रम सर्वसम्मत पारित

भक्तपुरको सूर्यविनायक नगरसभाको २०औं अधिवेशनको पहिलो बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नगर प्रमुख बासुदेव थापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ।  नीति तथा कार्यक्रममाथि नगरसभा सदस्यहरूबीच छलफल भएपछि त्यसलाई अनुमोदन गरिएको हो। बैठकमा विभिन्न विषयगत समितिका प्रतिवेदनहरू समेत प्रस्तुत गरिएको थियो। नगरपालिकाका अनुसार बुधबार बस्ने नगरसभाको अर्को बैठकमा आगामी […]

पुरा पढ्नुहोस्

सूर्यविनायकमा एक दिने मेलमिलाप सम्बन्धि पुनर्ताजगी कार्यक्रम सम्पन्न

भक्तपुरको सूर्यविनायक नगरपालिकाले “मिलौँ, मिलेमा संसार जितिन्छ” भन्ने भावनासहित विवाद समाधान प्रक्रियालाई थप प्रभावकारी बनाउन एक दिने पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिकाका न्यायिक समितिका सदस्य विनय महतका अनुसार उक्त नगरपालिकाले जिल्ला स्तरीय मेलमिलाप केन्द्र सञ्चालन गर्ने तयारी गरेको हो। केन्द्र सञ्चालनमा आएपछि नगरपालिकामा सूचीकृत मेलमिलापकर्ताहरूले स्थानीयदेखि जिल्ला तहसम्मका विवाद निरुपण तथा समाधान प्रक्रियामा महत्वपूर्ण […]

पुरा पढ्नुहोस्

सन्तति आविमा छात्रवृत्ति वितरण तथा नवआगन्तुक विद्यार्थीलाई स्वागत

भक्तपुर नगरपालिका–१० नपली, सिर्जनानगरस्थित सन्तति आधारभूत विद्यालयमा शुक्रबार अध्ययनरत छात्राहरूलाई छात्रवृत्ति वितरण तथा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरिएको छ। कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले शिक्षा र स्वास्थ्य क्षेत्रमा भक्तपुर नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले विद्यार्थीहरूको शैक्षिक विकासमा अभिभावकको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहने उल्लेख गर्दै विद्यालयको शैक्षिक तथा प्रशासनिक […]

पुरा पढ्नुहोस्

विश्व रक्तदाता दिवसको अवसरमा भक्तपुर नागरिक समाजले गर्‍यो २ दर्जनभन्दा बढी रक्तदातालाई सम्मान

विश्व रक्तदाता दिवसको अवसरमा भक्तपुर नागरिक समाजले भक्तपुरका सबैभन्दा धेरै पटक रक्तदान गर्ने व्यक्तिहरूलाई सम्मान गरेको छ। आइतबार नेपाल प्रेस सोसाइटी, सूर्यविनायकमा आयोजित कार्यक्रममा समाजले दुई दर्जनभन्दा बढी नियमित रक्तदातालाई सम्मान गरेको हो। कार्यक्रममा प्रमुख अतिथि सूर्यविनायक नगरपालिकाकी समावेशी शाखा प्रमुख विजया सुवेदीले रक्तदान महादान भएकाले यसबारे जनचेतना फैलाउन अभियानकै रूपमा अघि बढाउनुपर्ने बताइन्। उनले […]

पुरा पढ्नुहोस्

मदरल्याण्ड स्कुलद्वारा एसईई उत्कृष्ट विद्यार्थी सम्मानित

सूर्यविनायक नगरपालिका–९, भक्तपुरस्थित मदरल्याण्ड स्कुलले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा बिदाइ गरेको छ । विद्यालयले ४.०० जिपिए प्राप्त गर्ने छात्रा रोहिणी शिल्पकारलाई नगद रु. ५० हजारसहित सम्मान गरेको हो । विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सूर्यविनायक नगरपालिका शिक्षा शाखा प्रमुख रत्नबहादुर कटवालले रोहिणीलाई सम्मानपत्र प्रदान गरे ।  विद्यालयकी कार्यकारी निर्देशक […]

पुरा पढ्नुहोस्

आ.व. २०८३-०८४ को बजेटमा भक्तपुरमा प्रत्यक्ष विनियोजन गरिएका योजनाहरू

पुरा पढ्नुहोस्

गुटबन्दी बढेपछि रास्वपाको निर्वाचन आयोगले ‘अनधिकृत हस्तक्षेप निषेध’ भन्दै जारी गर्‍यो तीनबुँदे परिपत्र

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन आयोगले जिल्ला, प्रदेश अधिवेशन केन्द्रित परिपत्र सबै पार्टी कमिटीलाई पठाएको छ । आयोगले पार्टी आन्तरिक निर्वाचनलक्षित गरेर चेतावनीसहितको तीन बुँदे परिपत्र पठाएको छ । उसले उक्त परिपत्रलाई अत्यन्त जरुरी परिपत्र भनेको छ । उक्त परिपत्र आउँदो ७–९ असारमा चितनवमा हुने पहिलो महाधिवेनलक्षित भएको पनि बताइएको छ । आयोगका प्रमुख […]

पुरा पढ्नुहोस्