रेडक्रसभित्रको भ्रष्टाचार छानबिन गर्न समिति गठन

समाचार
0Shares

लामो समयदेखि भ्रष्टाचार, आर्थिक अनियमितता र आन्तरिक विवादको आरोप खेप्दै आएको नेपाल रेडक्रस सोसाइटीले अन्ततः आफ्नै संस्थाभित्रको बेथिति छानबिन गर्न समिति गठन गरेको छ।
नवनियुक्त तदर्थ समितिका अध्यक्ष डा. विशाल भण्डारीको नेतृत्वमा गठन भएको समितिले रेडक्रसका सबै तहमा भएका भ्रष्टाचार र अनियमितताका उजुरी संकलन तथा छानबिन गर्ने भएको हो।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. दीपेश घिमिरेको संयोजकत्वमा गठित तीन सदस्यीय समितिलाई ३५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। समितिमा यशस्वी थापा र चार्टर्ड एकाउन्टेन्ट सतिश सुवेदी सदस्य रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *