भक्तपुरको सूर्यविनायक नगरपालिकाले “मिलौँ, मिलेमा संसार जितिन्छ” भन्ने भावनासहित विवाद समाधान प्रक्रियालाई थप प्रभावकारी बनाउन एक दिने पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ।
नगरपालिकाका न्यायिक समितिका सदस्य विनय महतका अनुसार उक्त नगरपालिकाले जिल्ला स्तरीय मेलमिलाप केन्द्र सञ्चालन गर्ने तयारी गरेको हो। केन्द्र सञ्चालनमा आएपछि नगरपालिकामा सूचीकृत मेलमिलापकर्ताहरूले स्थानीयदेखि जिल्ला तहसम्मका विवाद निरुपण तथा समाधान प्रक्रियामा महत्वपूर्ण भूमिका पाउने भएका छन्। उक्त कार्यक्रमको उद्घाटन मेअर बासुदेव थापाले गरेका थिए। त्यसैगरी कार्यक्रममा उप मेअर सरिता भट्टराई तिम्सिना र प्रशिक्षक चुपबहादुर थापाले मेलमिलाप सम्बन्धि आफ्नो धारणा प्रस्तुत गरेका थिए।

