सूर्यविनायक नगरसभाको २०औं अधिवेशन, नीति तथा कार्यक्रम सर्वसम्मत पारित

राजनीति
0Shares

भक्तपुरको सूर्यविनायक नगरसभाको २०औं अधिवेशनको पहिलो बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नगर प्रमुख बासुदेव थापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ।

 नीति तथा कार्यक्रममाथि नगरसभा सदस्यहरूबीच छलफल भएपछि त्यसलाई अनुमोदन गरिएको हो। बैठकमा विभिन्न विषयगत समितिका प्रतिवेदनहरू समेत प्रस्तुत गरिएको थियो।

नगरपालिकाका अनुसार बुधबार बस्ने नगरसभाको अर्को बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरिनेछ। नगरसभाको अधिवेशनसँगै आगामी वर्षका विकास, पूर्वाधार तथा सेवा प्रवाहका योजनाहरू कार्यान्वयनको चरणमा प्रवेश गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *