काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले आफ्नो पार्टीमा ३५ हजारभन्दा बढी बालबालिकालाई सदस्यता दिएको भन्दै संसदमा नेपाली कांग्रेसले विरोध गरेको छ । संसद बैठक सुरू भएलगत्तै कांग्रेसका तर्फबाट बोलेकी रेनुका काउचाले सत्तारुढ दललाई संविधान र कानूनले नछुने हो ? भन्दै आपत्ति जनाइन् ।
रास्वपाको महाधिवेशनमा प्रस्तुत एक प्रतिवेदनमा १८ वर्षमुनिका ३५ हजार २ सय ५७ जना १८ वर्षमुनिका व्यक्ति पार्टी सदस्य रहेको आँकडा प्रस्तुत गरिएको थियो ।
नेपालको कानूनअनुसार १८ वर्षभन्दा मुनिकालाई बालबालिका मानिन्छ र उनीहरूलाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन पाउँदैनन् । यही विषयलाई उठाएर काउचाले आपत्ति जनाएकी हुन् ।

