राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापतिमा डा. स्वर्णिम वाग्ले र सोबिता गौतम निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनबाट उनीहरू उपसभापतिमा निर्वाचित भएका हुन्।
सोही महाधिवेशनबाट महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित भएका छन्। त्यसैगरी, सहमहामन्त्री पदमा असिम शाह, हरि ढकाल र निशा डाँगी विजयी भएका छन्।

