स्थानीय बजारमा सुनको भाउ ओरालो, चाँदी पनि सस्तियो

अर्थ
0Shares

काठमाडौं । पछिल्लो केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट आएको छ ।

हालसम्मकै उच्च तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको सुनको मूल्य बिहीबारसम्म घटेर २ लाख ५९ हजार ६०० रुपैयाँमा झरेको छ । पछिल्लो चार दिनको अवधिमा मात्रै सुनको मूल्य ११ हजार रुपैयाँले घटेको हो ।

यस्तै, चाँदीको मूल्य पनि ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी तोलाको ४ हजार ८९५ रुपैयाँको उच्च विन्दुबाट घटेर आज ४ हजार ४१५ रुपैयाँ कायम भएको छ । यस अवधिमा चाँदीको मूल्य ४८० रुपैयाँले घटेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *