राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुर जिल्ला समितिले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुकेश रञ्जित साजन विश्वकर्माको नाम सिफारिस गरेको छ।
बुधबार रास्वपा भक्तपुर जिल्ला समितिको बैठकले क्षेत्र नं १ र २ बाट क्रमसः रञ्जित र विश्वकर्माको नाम सर्वसम्मत रुपमा केन्द्रमा पठाउने निर्णय गरेको हो । व्यवसायी एवं समाजसेवीको छवि बनाएका रुकेश भक्तपुरको व्यावसायिक र सामाजिक क्षेत्रमा सक्रिय छन् भने राजनीतिकमा लामो अनुभव बटुलेका युवा नेता विश्वकर्मा पनि सामाजिक क्षेत्रमा सक्रिय छन् । विश्वकर्मा गत निर्वाचनमा पनि भक्तपुर क्षेत्र नं २ मा रास्वपाकोतर्फ बाट प्रतिनिधिसभाको निर्वाचनमा लडेका व्यक्ति पनि हुन् ।

