राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता राजीव खत्रीले भक्तपुर क्षेत्र नम्बर २ मा आफ्नो प्रतिस्पर्धी कोही नभएको दाबी गरेका छन्।
आइतबार रास्वपा भक्तपुर जिल्ला समितिले दुधपाटीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खत्रीले रास्वपाको बलियो उपस्थितिले अन्य दलहरू आत्तिएको टिप्पणी गरेका हुन् । उनले भने, “भक्तपुरमा रास्वपाको सानदार इन्ट्रीले अरू पार्टीका साथीहरू डराएका छन्। यही डरका कारण मलाई ब्याक गराउन उजुरी बोकेर निर्वाचन अधिकृतको कार्यालयसम्म पुगेका थिए । यसले पनि भक्तपुरमा हाम्रो जित सुनिश्चित गर्छ।”
त्यसैगरी कार्यक्रममा भक्तपुर क्षेत्र नम्बर १ बाट रास्वपाका उम्मेदवार रुकेश रञ्जितले यसपटक भक्तपुर १ मा रास्वपाले ‘आँधीहुरी’ ल्याउने दाबी गरे। उनले जनताको व्यापक समर्थनका कारण भक्तपुरमा कसैले नसोचेको परिणाम आउने विश्वास व्यक्त गरे।

