राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवक्ता मनिष झाले आसन्न निर्वाचनमा रास्वपाको बहुमत आउने पक्का भएको दाबी गरेका छन् ।
बुटवलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
नेता तथा कार्यकर्तालाई संयमित, धैर्य र अनुशासित भएर अघि बढ्न उनको आग्रह थियो ।
‘बालेन शाह र कुलमान घिसिङजीसँगको पार्टी एकतापछि अब रास्वपाको बहुमत आउने पक्का भयो,’ झाले भने ।
तर बहुमत आउँछ भन्ने दम्भ पालेर अहिल्यैदेखि अरूको अस्तित्व स्वीकार नगर्नेतर्फ रास्वपा नलाग्ने उनले बताए ।

