उज्यालो नेपाल पार्टीद्वारा भक्तपुरमा उम्मेदवार घोषणा, पुराना दलसँग प्रतिस्पर्धा नरहेको दाबी

राजनीति समाचार
0Shares

भक्तपुर । उज्यालो नेपाल पार्टीले आज नेपाल प्रेस सोसाइटीमा आयोजित उम्मेदवार घोषणा तथा पत्रकार सम्मेलनमार्फत भक्तपुरका लागि आफ्ना उम्मेदवार सार्वजनिक गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार जितराम लामाले जनतामा पुराना दलप्रति आशा नै नरहेकाले उज्यालो नेपाल पार्टीको राजनीतिक प्रतिस्पर्धा पुराना दलसँग नभई नयाँ राजनीतिक शक्तिसँग मात्र रहेको बताएका छन्।

लामाले कांग्रेस र एमालेजस्ता पुराना दलहरूले दशकौँसम्म शासन गरे पनि सुशासन, समृद्धि र सामाजिक न्याय दिन असफल भएकाले जनता ती दलबाट निराश भएको बताए। “अब प्रतिस्पर्धा अनुहार बदल्ने पुरानै राजनीतिसँग होइन, नयाँ सोच र नयाँ संस्कार बोकेका दलहरूसँग हो,” उनले भने।

उज्यालो नेपाल पार्टीले प्रत्यक्षतर्फ बलिरहेको चिम र समानुपातिकतर्फ बाँसुरी चुनाव चिन्ह लिएर निर्वाचनमा जाने जनाएको छ। पार्टीले भक्तपुर क्षेत्र नं. १ बाट रमेश बल्ल, क्षेत्र नं. २ बाट जितराम लामा तथा समानुपातिकतर्फ सीता पाण्डे र जुनु कार्कीलाई उम्मेदवार बनाएको छ।

पार्टीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, युवालाई स्वदेशमै रोजगारी, प्रविधिमैत्री सेवा प्रणाली र समृद्धिको स्पष्ट एजेन्डा अघि सारेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *