जिल्ला अदालतको निर्णय सदर, लामिछानेले मुद्दाको कारबाही बाहिरै बसेर सामना गर्न पाउने

समाचार
0Shares
काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको छ ।
न्यायाधीशद्वय खडानन्द तिवारी र दीपककुमार खरेलको संयुक्त इजलासले स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दामा जिल्लाको आदेशलाई यथावत् राख्ने निर्णय गरेको हो ।
यसअघि गत २ माघ २०८१ मा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उच्च अदालतको यस फैसलासँगै रवि लामिछानेले धरौटी बुझाएर मुद्दाको कारबाही बाहिरै बसेर सामना गर्न पाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *