लगानीकर्ताकाे ध्यान चाँदीतर्फ, लगातार बनाउँदै ऐतिहासिक मूल्यचाँदीको मूल्यले एक साताअघिको रेकर्ड तोडेको छ ।

अर्थ
0Shares

बुधबार चाँदीको मूल्य हालसम्मकै उच्च प्रतितोला ३ हजार ७५० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा एकैदिन १५० रुपैयाँले चाँदी बढेको हो ।

अघिल्लो दिन प्रतितोला ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत बुधबार चाँदीको भाउले ३ हजार ६५५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको थियो ।

त्यस्तै सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज बुधबार २ लाख ५२ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउले गत असोज ३१ गतेको रेकर्ड तोड्न सकेको छैन । गत असोज ३१ गते २ लाख ५८ हजारमा सुनको कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *