सूर्यविनायक नगरपालिकाको आयोजनामा तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

राजनीति
0Shares

सूर्यविनायक नगरपालिकाको आयोजनामा तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।

मगलबार वडा नं. ६ स्थित बनाचौर खेलमैदानमा आयोजित उद्घाटन समारोहमा नगर प्रमुख बासुदेव थापाले झण्डोत्तोलन गर्दै प्रतियोगिताको शुभारम्भ गरेका हुन् ।  थापाले खेल, जित–हारभन्दा सहभागिता, अनुशासन र निरन्तरताको महत्व औल्याएका थिए । त्यसैगरी समारोहमा बोल्दै उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले खेलकुदले युवालाई सकारात्मक दिशामा डोर्‍याउने बताएकी थिइन । ३० भन्दा बढी विद्यालयका करिब एक हजार खेलाडी सहभागी उक्त प्रतियोगिता आगामी तीन दिनसम्म चल्नेछ।

कार्यक्रममा स्काउट तथा विभिन्न विद्यालयका विद्यार्थीहरूको मार्चपास र सांस्कृतिक प्रस्तुति समेत रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *