सूर्यविनायकमा एक दिने मेलमिलाप सम्बन्धि पुनर्ताजगी कार्यक्रम सम्पन्न

भक्तपुरको सूर्यविनायक नगरपालिकाले “मिलौँ, मिलेमा संसार जितिन्छ” भन्ने भावनासहित विवाद समाधान प्रक्रियालाई थप प्रभावकारी बनाउन एक दिने पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिकाका न्यायिक समितिका सदस्य विनय महतका अनुसार उक्त नगरपालिकाले जिल्ला स्तरीय मेलमिलाप केन्द्र सञ्चालन गर्ने तयारी गरेको हो। केन्द्र सञ्चालनमा आएपछि नगरपालिकामा सूचीकृत मेलमिलापकर्ताहरूले स्थानीयदेखि जिल्ला तहसम्मका विवाद निरुपण तथा समाधान प्रक्रियामा महत्वपूर्ण […]

पुरा पढ्नुहोस्

सन्तति आविमा छात्रवृत्ति वितरण तथा नवआगन्तुक विद्यार्थीलाई स्वागत

भक्तपुर नगरपालिका–१० नपली, सिर्जनानगरस्थित सन्तति आधारभूत विद्यालयमा शुक्रबार अध्ययनरत छात्राहरूलाई छात्रवृत्ति वितरण तथा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरिएको छ। कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले शिक्षा र स्वास्थ्य क्षेत्रमा भक्तपुर नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले विद्यार्थीहरूको शैक्षिक विकासमा अभिभावकको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहने उल्लेख गर्दै विद्यालयको शैक्षिक तथा प्रशासनिक […]

पुरा पढ्नुहोस्

विश्व रक्तदाता दिवसको अवसरमा भक्तपुर नागरिक समाजले गर्‍यो २ दर्जनभन्दा बढी रक्तदातालाई सम्मान

विश्व रक्तदाता दिवसको अवसरमा भक्तपुर नागरिक समाजले भक्तपुरका सबैभन्दा धेरै पटक रक्तदान गर्ने व्यक्तिहरूलाई सम्मान गरेको छ। आइतबार नेपाल प्रेस सोसाइटी, सूर्यविनायकमा आयोजित कार्यक्रममा समाजले दुई दर्जनभन्दा बढी नियमित रक्तदातालाई सम्मान गरेको हो। कार्यक्रममा प्रमुख अतिथि सूर्यविनायक नगरपालिकाकी समावेशी शाखा प्रमुख विजया सुवेदीले रक्तदान महादान भएकाले यसबारे जनचेतना फैलाउन अभियानकै रूपमा अघि बढाउनुपर्ने बताइन्। उनले […]

पुरा पढ्नुहोस्

मदरल्याण्ड स्कुलद्वारा एसईई उत्कृष्ट विद्यार्थी सम्मानित

सूर्यविनायक नगरपालिका–९, भक्तपुरस्थित मदरल्याण्ड स्कुलले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा बिदाइ गरेको छ । विद्यालयले ४.०० जिपिए प्राप्त गर्ने छात्रा रोहिणी शिल्पकारलाई नगद रु. ५० हजारसहित सम्मान गरेको हो । विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सूर्यविनायक नगरपालिका शिक्षा शाखा प्रमुख रत्नबहादुर कटवालले रोहिणीलाई सम्मानपत्र प्रदान गरे ।  विद्यालयकी कार्यकारी निर्देशक […]

पुरा पढ्नुहोस्

आ.व. २०८३-०८४ को बजेटमा भक्तपुरमा प्रत्यक्ष विनियोजन गरिएका योजनाहरू

पुरा पढ्नुहोस्

कमेरोटार जग्गा एकीकरण आयोजनामा वृक्षरोपण

“समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने नारासहित विश्व वातावरण दिवसको अवसरमा शुक्रबार भक्तपुरमा वृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। वातावरण संरक्षण मञ्च भक्तपुर र कमेरोटार जग्गा एकीकरण आयोजना, मध्यपुर थिमीको संयुक्त आयोजनामा भएको कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। उनले रुद्राक्षको बिरुवा रोप्दै वृक्षारोपणसँगै यसको संरक्षणको […]

पुरा पढ्नुहोस्

रास्वपा भक्तपुरको सभापतिमा रामेश्वर बस्नेत निर्विरोध निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुरको प्रथम जिल्ला अधिवेशनबाट रामेश्वर बस्नेत जिल्ला सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्। शनिबार सम्पन्न अधिवेशनले बस्नेतको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो। नवगठित समितिको उपसभापतिमा स्मृति भट्टराई, सचिवमा सञ्जीव प्रजापति तथा सहसचिवमा रामकृष्ण देउजा निर्वाचित भएका छन्। त्यसैगरी सदस्यहरूमा राजु थापा, कृष्णप्रसाद घिमिरे र रामकृष्ण खनाल चयन भएका छन् भने […]

पुरा पढ्नुहोस्

सूर्यविनायक नगरपालिकाभित्र सञ्चालित निजी विद्यालयहरूले बढी शुल्क लिए नगरपालिकामा उजुरी गर्न सकिने

भक्तपुरको सूर्यविनायक नगरपालिकाभित्र सञ्चालित निजी विद्यालयहरूले नगरपालिकाले निर्धारण गरेको भन्दा बढी शुल्क असुलेको पाइएमा अभिभावकहरूले हेलो सरकारमार्फत सिधै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी गर्न सक्ने भएका छन्। नगरपालिकाले केही समयअघि संस्थागत विद्यालयहरूलाई क, ख र ग श्रेणीमा वर्गीकरण गर्दै प्रत्येक विद्यालयले लिन पाउने अधिकतम शुल्क निर्धारण गरेको थियो। सो मापदण्डविपरीत अतिरिक्त शुल्क लिएको भेटिएमा अभिभावकले […]

पुरा पढ्नुहोस्

भक्तपुर नगर अन्तर वडाव्यापी फुटसल प्रतियोगिताको पुरस्कार वितरण सम्पन्न

भक्तपुर युवा टिमको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म सहिद स्मृति खेलमैदानमा संचालित भक्तपुर नगर अन्तर वडाव्यापी फुटसल प्रतियोगिताको नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालको प्रमुख आतिथ्यतामा शनिबार पुरस्कार वितरणसहित समापन भएको छ । प्रेम सुवालले अनुशासन मित्रता तथा स्वस्थ युवा र नागरिकको सहर भएको बताउँदै देशको सार्वभौमिकता बचाउन र पर्यटनको विकासमा खेलकुदले […]

पुरा पढ्नुहोस्

भक्तपुर अन्तरवडा फुटसलको फाइनलमा वडा नं ७ र ८  प्रवेश, शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुने

भक्तपुर युवा टिमको आयोजनामा जेठ ६ गतेदेखि सहिद स्मृति खेलमैदानमा सञ्चालन भइरहेको भक्तपुर नगर अन्तरवडा फुटसल प्रतियोगिताको सेमिफाइनल खेल बिहीबार सम्पन्न भएको छ। प्रतियोगिताको फाइनलमा वडा नं ७ र वडा नं ८ प्रवेश गरेका छन्। पहिलो सेमिफाइनल खेलमा ग्रुप ‘ए’ को वडा नं ७ ले ग्रुप ‘बी’ को वडा नं २ लाई ३–० गोल अन्तरले […]

पुरा पढ्नुहोस्