राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुरको प्रथम जिल्ला अधिवेशनबाट रामेश्वर बस्नेत जिल्ला सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्।
शनिबार सम्पन्न अधिवेशनले बस्नेतको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो। नवगठित समितिको उपसभापतिमा स्मृति भट्टराई, सचिवमा सञ्जीव प्रजापति तथा सहसचिवमा रामकृष्ण देउजा निर्वाचित भएका छन्।
त्यसैगरी सदस्यहरूमा राजु थापा, कृष्णप्रसाद घिमिरे र रामकृष्ण खनाल चयन भएका छन् भने महिला सदस्यमा प्रेरणा देसार निर्वाचित भएकी छन्।

