डोलेश्वर माथिको प्लटिङले बढायो बाढी–पहिरोको त्रास, स्थानीय आक्रोशित

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित डोलेश्वर महादेव मन्दिरको माथिल्लो तटीय क्षेत्रमा गरिएको प्लटिङप्रति स्थानीयले गम्भीर चिन्ता व्यक्त गरेका छन्। वर्षायाम नजिकिँदै जाँदा जथाभावी डोजर प्रयोग गरी जमिन सम्याइएका कारण बस्तीमा बाढी तथा पहिरोको जोखिम बढेको स्थानीयहरूको भनाइ छ। स्थानीय ज्योति थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत व्यङ्ग्यात्मक टिप्पणी गर्दै प्लटिङका कारण प्राकृतिक विपद्को जोखिम निम्तिएको उल्लेख गरेकी छन्। […]

पुरा पढ्नुहोस्

मापदण्डविपरीत सञ्चालनमा रहेका इँटा भट्टा तत्काल हटाउन सरकारको निर्देशन

सरकारले मापदण्डविपरीत सञ्चालनमा रहेका इँटा भट्टा तत्काल हटाउन निर्देशन दिएको छ।  सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उद्योग मन्त्रालयलाई निर्देशन जारी गर्दै अवैध रूपमा सञ्चालन भइरहेका इँटा भट्टा हटाउन भनेको हो। यसअघि प्रधानमन्त्री बालेन साह सँग सिंहदरबारमा बागमती प्रदेशका सांसदहरूसँगको  सामूहिक भेटघाटका क्रममा भक्तपुरका सांसदद्वय रुकेश रञ्जित र राजीब खत्रीले भक्तपुर क्षेत्रमा मापदण्डविपरीत सञ्चालन भइरहेका इँटा […]

पुरा पढ्नुहोस्

भनपा–३ मा रास्वपाको संगठन विस्तार, सभापतिमा नारायण प्रसाद सिलाकार सर्वसम्मत

भक्तपुर। राष्ट्रिय स्वतन्त्र पार्टी भक्तपुर नगरपालिका–३ मा सम्पन्न प्रथम ऐतिहासिक वडा अधिवेशनबाट नारायण प्रसाद सिलाकार सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित भएका छन्। शनिबार सम्पन्न अधिवेशनले ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। नवगठित कार्यसमितिको उपसभापतिमा रमेश चगुथी, सचिवमा सोनम थिमी तथा सदस्यहरूमा बिनोज श्रेष्ठ र सरोज साखकर्मी चयन भएका छन्। त्यसैगरी महिला सदस्यमा रश्मिला हाड़ा र […]

पुरा पढ्नुहोस्

रास्वपा मध्यपुर थिमिको सभापतिमा न्हुच्छे रत्न मानन्धर सर्वसम्मत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रिय स्वतन्त्र पार्टी मध्यपुर थिमि नगर समितिको ऐतिहासिक नगर अधिवेशनबाट न्हुच्छे रत्न मानन्धर सर्वसम्मत रूपमा नगर सभापतिमा निर्वाचित भएका छन्। शनिबार सम्पन्न अधिवेशनले ११ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको हो। नयाँ कार्यसमितिको उपसभापतिमा उषा प्रजापति निर्वाचित भएकी छन्। त्यसैगरी जिल्ला प्रतिनिधिमा सुस्मिता श्रेष्ठ, सञ्जय कोइराला र सुरज श्रेष्ठ चयन भएका […]

पुरा पढ्नुहोस्

रास्वपा भक्तपुर नगरपालिका – १० को सभापतिमा राजेश सैजु निर्वाचित

नेमकिपाको किल्ला भनिँदै आएको भक्तपुर मा राष्ट्रिय स्वतन्त्र पार्टी को कमाण्ड अब राजेश सैजुले सम्हाल्ने भएका छन्। शुक्रबार भक्तपुर नगरपालिका–१० मा सम्पन्न प्रथम ऐतिहासिक वडा अधिवेशनबाट राजेश सैजु वडा सभापतिमा निर्वाचित भएका हुन्। अधिवेशनबाट उपसभापतिमा श्याम मलेकार, सचिवमा विकास फोजु चयन भएका छन् भने सदस्यहरूमा रामकृष्ण तजले, जयप्रकाश श्रेष्ठ र सुमन मुस्याख्वा निर्वाचित भएका छन्। […]

पुरा पढ्नुहोस्

रास्वपाले जिल्ला समितिका उम्मेदवारका लागि शुल्क तोक्यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी जिल्ला अधिवेशनका लागि विभिन्न पदका उम्मेदवारहरूका लागि शुल्क निर्धारण गरेको छ। जिल्ला अधिवेशन कार्यविधिअनुसार जिल्ला सभापतिको उम्मेदवारका लागि ५ हजार रुपैयाँ शुल्क तोकिएको छ। उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्ष पदका उम्मेदवारहरूका लागि समान शुल्क निर्धारण गरिएको छ। जिल्ला सदस्य पदका उम्मेदवारले भने एक हजार रुपैयाँ तिर्नुपर्नेछ। त्यस्तै, निर्वाचन क्षेत्र […]

पुरा पढ्नुहोस्

भक्तपुरमा सबैभन्दा कम बेरुजु कायम गर्दै सूर्यविनायक नगरपालिका अग्रस्थानमा

भक्तपुर । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को ६३औँ वार्षिक लेखापरीक्षण प्रतिवेदनअनुसार भक्तपुर जिल्लाका चार नगरपालिकामध्ये सूर्यविनायक नगरपालिका सबैभन्दा कम बेरुजु कायम गर्न सफल भएको छ । प्रतिवेदनअनुसार सूर्यविनायक नगरपालिकाको बेरुजु प्रतिशत १.०२ रहेको छ । त्यसपछि मध्यपुर थिमि नगरपालिकाको १.२८ प्रतिशत, भक्तपुर नगरपालिकाको १.९२ प्रतिशत तथा चाँगुनारायण नगरपालिकाको २.२३ प्रतिशत बेरुजु […]

पुरा पढ्नुहोस्

सूर्यविनायक नगर अस्पताललाई अत्याधुनिक ट्रमा सेन्टरको रुपमा विस्तार गर्दैछौँ : मेयर थापा

भक्तपुर — सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले जगातीमा सञ्चालनमा रहेको सूर्यविनायक नगर अस्पताललाई अत्याधुनिक ट्रमा सेन्टरका रूपमा विस्तार गर्ने योजना अघि बढाइएको बताएका छन्। नगर क्षेत्रको समग्र विकास र भावी योजनाबारे नेपाल प्रेस सोसाइटीसँग कुरा गर्दै मेयर थापाले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे। उनले अस्पतालका लागि वार्षिक १८ करोड रुपैयाँ […]

पुरा पढ्नुहोस्

अभियन्ता पाठकद्वारा भक्तपुरका इँटा भट्टा तत्काल हटाउन माग गर्दै सांसदद्वय रुकेश रञ्जित र राजीव खत्रीलाई ध्यानाकर्षण

अभियन्ता हेम पाठकले मापदण्डविपरीत सञ्चालन भइरहेका भक्तपुरका इँटा भट्टा तत्काल हटाउन माग गर्दै सांसदद्वय रुकेश रञ्जित र राजीव खत्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। बुधबार सांसद रञ्जित र खत्रीलाई एकैसाथ पत्र बुझाउँदै अभियन्ता पाठकले लामो समयदेखि सञ्चालनमा रहेका इँटा भट्टाको प्रदूषणले स्कुले बालबालिकादेखि वृद्धवृद्धाको स्वास्थ्यमा गम्भीर प्रभाव पारिरहेको भन्दै सरकारले यसलाई तत्काल हटाउनुपर्ने मागसहित संसदको ध्यानाकर्षण […]

पुरा पढ्नुहोस्

एसईई नतिजामा सुधार, गत वर्षभन्दा ४.१७ प्रतिशत वृद्धि

राष्ट्रिय परीक्षा बोर्डले सोमबार माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो गत वर्षको तुलनामा ४.१७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । यसपटक २ लाख ८४ हजार १६० जना विद्यार्थी ग्रेडेड भएका […]

पुरा पढ्नुहोस्