सरकारी विज्ञापन सम्बन्धी विभेदकारी निर्णयविरुद्ध प्रधानमन्त्री साहलाई पत्रकार महासंघ भक्तपुरको ज्ञापनपत्र

नेपाल पत्रकार महासंघ भक्तपुरले सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णय तत्काल सच्याउन माग गर्दै प्रधानमन्त्री बालेन साह लाई ज्ञापनपत्र बुझाएको छ। तीन तहका सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै सीमित गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्णयलाई महासंघले विभेदकारी ठहर गर्दै उक्त निर्णय सच्याउन माग गरेको हो । महासंघका अनुसार उक्त निर्णय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अन्तर्राष्ट्रिय मापदण्ड, संवैधानिक व्यवस्था, […]

पुरा पढ्नुहोस्

संघीय सरकारको निर्णय विपरीत विद्यार्थी भर्ना र शुल्क लिएको पाईएमा कारबाही हुन्छ : सूर्यविनायक नगरपालिका

भक्तपुरको सूर्यविनायक नगरपालिकाले संघीय सरकारको निर्णय विपरीत विद्यालयहरुले शैक्षिक सत्र सुरु हुनु पूर्व विद्यार्थी भर्ना गर्ने र शुल्क लिने कार्य गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिएको छ। एक सूचना जारी गर्दै नगरपालिकाले शैक्षिक सत्र २०८३ का सबै कार्यक्रमहरू केन्द्रको मापदण्ड अनुसार नै सञ्चालन गर्न निर्देशन दिँदै वैशाख १५ गतेदेखि मात्र भर्ना अभियान र २१ […]

पुरा पढ्नुहोस्

भक्तपुरको दुवाकोटमा वीर अस्पतालको डिपीआर अघि बढाउन प्रधानमन्त्रीसँग सांसद रंजितको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रुकेश रंजितले आगामी आर्थिक वर्षको बजेटमा भक्तपुरको दुवाकोटमा प्रस्तावित वीर अस्पतालको डीपीआर तयार गर्ने प्रक्रिया तत्काल अघि बढाउन प्रधानमन्त्री बालेन साहसमक्ष माग गरेका छन्। केही दिनअघि सिंहदरबारमा भएको भेटघाटमा सांसद रंजितले भक्तपुरलाई आफूले स्वास्थ्य हबका रूपमा विकास गर्न लागेको उल्लेख गर्दै उक्त परियोजनालाई आगामी बजेटमार्फत प्राथमिकतामा राख्न प्रधानमन्त्री साहसमक्ष […]

पुरा पढ्नुहोस्

कमेरोटार जग्गा आयोजना छानबिन गर्न प्रधानमन्त्रीसमक्ष सांसद राजीब खत्रीको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट निर्वाचित भक्तपुर–२ का सांसद राजीब खत्रीले  मध्यपुरथिमि क्षेत्रको कमेरोटार जग्गा एकीकरण आयोजनामा गम्भीर अनियमितता भएको आरोप लगाउँदै प्रधानमन्त्री बालेन साहसमक्ष उच्चस्तरीय छानबिनको माग गरेका छन्। प्रधानमन्त्रीसँगको भेटमा सांसद खत्रीले सो आयोजना जनतालाई लाभ दिनुपर्नेमा उल्टै पीडित बनाउने माध्यम बनेको दाबी गरे। उनका अनुसार पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको आयोजना […]

पुरा पढ्नुहोस्

नक्सामा बग्ने पानी सुक्दै जाँदा : काकाकुल बन्दै भक्तपुर

प्रकाश चन्द्र खड्का  भक्तपुर एक समय प्राकृतिक जलस्रोतले सम्पन्न क्षेत्र थियो । ढुङ्गेधारा, पोखरी, कुवा, राजकुलो र खहरे खोल्सा यस जिल्लाको भुगोलका जीवनशैली, कृषि प्रणाली र सांस्कृतिक पहिचानसंग अभिन्न रुपमा जोडिएका थिए । तर पछिल्ला अवधिहरुमा ती स्रोतहरु क्रमशः हराउने क्रममा छन् । आज भक्तपुर भूमिगत पानीको अत्याधिक दोहनले गम्भिर जलसंकट तर्फ उन्मुख हुँदै गएको […]

पुरा पढ्नुहोस्

बोडेमा जिब्रो छेड्ने जात्रा, सुजनद्वारा चौथोपटक प्रदर्शन

बिस्का जात्राअन्तर्गत बुधबार भक्तपुरको बोडेमा परम्परागत जिब्रो छेड्ने जात्रा मनाइएको छ। यस वर्ष पनि स्थानीय सुजन बाग श्रेष्ठले चौथोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका छन्। बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा सुजनले हरेक वर्षझैं यसपटक पनि साहसिक परम्परा निर्वाह गरेका हुन्। वैशाख २ गते मनाइने यो जात्रा प्राचीनकालदेखि चल्दै आएको मानिन्छ, यद्यपि यसको लिखित इतिहास भने […]

पुरा पढ्नुहोस्

भक्तपुरका सांसदद्वयद्वारा जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता

भक्तपुरबाट नवनिर्वाचित सांसदद्वय रुकेश रंजित र राजीब खत्रीले निर्वाचनका बेला जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सोमबार नेपाल प्रेस सोसाइटीद्वारा आयोजित नयाँ वर्ष २०८३ सालको क्यालेन्डर विमोचन कार्यक्रममा बोल्दै उनीहरूले जनतासँग गरेका प्रतिबद्धता नबिर्सिएको र निर्वाचित भएदेखि नै त्यसको कार्यान्वयनमा जुटेको बताएका हुन्। सांसद रुकेश रंजितले भक्तपुरमा खानेपानी समस्या प्रमुख चुनौतीका रूपमा […]

पुरा पढ्नुहोस्

हप्तामा २ दिन सार्वजनिक विदा,कार्यालय समय ९ देखि ५ कायम

सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले हप्तामा २ दिन सार्वजनिक विदा र कार्यालय समय ९ देखि ५ कायम गर्ने निर्णय गरेको हो ।

पुरा पढ्नुहोस्

भक्तपुर प्रहरीद्वारा एकैदिन ६० जना पक्राउ

भक्तपुर। जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा सञ्चालित ‘स्विप अपरेसन’बाट आज एकैदिन ६० जनालाई फक्राउ परेका छन् । प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले प्रहरीद्वारा सञ्चालित ‘स्विप अप्रेसन’मा आज एकैदिन जिल्लाका विभिन्न स्थानबाट ६० जना पक्राउ परेका जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस्ता अप्रेसन विगतमा पनि गरिन्थ्यो, आजदेखि स्विप अप्रेसन सञ्चालन गरी परिसरअन्तर्गत रहेका […]

पुरा पढ्नुहोस्

भक्तपुरको चुनावी एजेन्डा बनेको प्रदूषण, निर्वाचनपछि पहल नदेखिएको गुनासो

भक्तपुरमा इट्टा भट्टाबाट निस्कने प्रदूषणले स्थानीय जनजीवनमा गम्भीर असर पार्दै आएको छ। विशेषगरी सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा सञ्चालनमा रहेका इट्टा भट्टाहरूबाट निस्कने धुवाँ र धुलोका कारण वायु गुणस्तर खस्कँदै गएको स्थानीयवासीको गुनासो छ। सडकको धुलोसँगै भट्टाबाट आउने धुवाँले वातावरण झनै प्रदूषित बनाएको उनीहरू बताउँछन्। पछिल्लो समय भक्तपुरमा तीव्र रूपमा बस्ती विस्तार भइरहेका बेला पनि इट्टा […]

पुरा पढ्नुहोस्