बोडेमा जिब्रो छेड्ने जात्रा, सुजनद्वारा चौथोपटक प्रदर्शन

समाचार
0Shares

बिस्का जात्राअन्तर्गत बुधबार भक्तपुरको बोडेमा परम्परागत जिब्रो छेड्ने जात्रा मनाइएको छ। यस वर्ष पनि स्थानीय सुजन बाग श्रेष्ठले चौथोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका छन्।

बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा सुजनले हरेक वर्षझैं यसपटक पनि साहसिक परम्परा निर्वाह गरेका हुन्। वैशाख २ गते मनाइने यो जात्रा प्राचीनकालदेखि चल्दै आएको मानिन्छ, यद्यपि यसको लिखित इतिहास भने भेटिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *