संघीय सरकारको निर्णय विपरीत विद्यार्थी भर्ना र शुल्क लिएको पाईएमा कारबाही हुन्छ : सूर्यविनायक नगरपालिका

समाचार
0Shares

भक्तपुरको सूर्यविनायक नगरपालिकाले संघीय सरकारको निर्णय विपरीत विद्यालयहरुले शैक्षिक सत्र सुरु हुनु पूर्व विद्यार्थी भर्ना गर्ने र शुल्क लिने कार्य गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिएको छ।

एक सूचना जारी गर्दै नगरपालिकाले शैक्षिक सत्र २०८३ का सबै कार्यक्रमहरू केन्द्रको मापदण्ड अनुसार नै सञ्चालन गर्न निर्देशन दिँदै वैशाख १५ गतेदेखि मात्र भर्ना अभियान र २१ गतेदेखि नियमित पठनपाठन सुरु गर्ने तयारी मिलाउन नगरभित्रका सबै विद्यालयलाई सचेत गराएको हो।

अहिले पनि केही विद्यालयहरुले भर्ना अभियानका नाममा केन्द्रको निर्देशन विपरीत अनावश्यक शुल्क लिने, अनियमित भर्ना प्रक्रिया अपनाउने जस्ता गतिविधि भइरहेको विषयमा नगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको भन्दै नगरपालिकाले यस्ता निर्देशन विपरीतका कार्य नगर्न विद्यालयहरूलाई चेतावनी दिँदै, संघीय सरकारको नीति र निर्देशन उल्लंघन गर्ने विद्यालयहरूलाई आवश्यक कानुनी तथा प्रशासनिक कारबाही गरिने स्पष्ट पारेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *