सरकारी विज्ञापन सम्बन्धी विभेदकारी निर्णयविरुद्ध प्रधानमन्त्री साहलाई पत्रकार महासंघ भक्तपुरको ज्ञापनपत्र

समाचार
0Shares

नेपाल पत्रकार महासंघ भक्तपुरले सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णय तत्काल सच्याउन माग गर्दै प्रधानमन्त्री बालेन साह लाई ज्ञापनपत्र बुझाएको छ।

तीन तहका सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै सीमित गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्णयलाई महासंघले विभेदकारी ठहर गर्दै उक्त निर्णय सच्याउन माग गरेको हो । महासंघका अनुसार उक्त निर्णय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अन्तर्राष्ट्रिय मापदण्ड, संवैधानिक व्यवस्था, खुला अर्थनीति र संघीयताको मर्मविपरीत छ। ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *