दधिकोटमा बन्द मासु पसलबाट दुर्गन्ध, स्थानीय आक्रोशित

अन्य समाचार
0Shares

सूर्यविनायक नगरपालिका–४ वडा कार्यालय नजिक रहेको न्यौपाने मिट सप केही सातादेखि बन्द हुँदा पसलभित्र कुहिएको मासुबाट फैलिएको दुर्गन्धले स्थानीय बासिन्दा समस्यामा परेका छन्।

दुई साताभन्दा बढी समयदेखि दुर्गन्धका कारण वरपर बस्न र आवतजावत गर्नसमेत कठिन भएको स्थानीयको गुनासो छ। वडा कार्यालयले पसल सञ्चालन वा व्यवस्थापनका लागि ३५ दिने सूचना टाँसेको भए पनि तत्काल समस्या समाधान हुन नसकेको उनीहरूको भनाइ छ। स्थानीयले जनस्वास्थ्यमा असर पर्न सक्ने भन्दै सम्बन्धित निकायसँग शीघ्र पसल खोली कुहिएको मासु व्यवस्थापन गर्न माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *