सूर्यविनायक नगरपालिकाको दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा आयोजित दुई दिवसीय “कर्मचारीहरूमा क्षमता विकास, सकारात्मक सोच तथा रूपान्तरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रममा वरिष्ठ प्रशिक्षकहरू लिला सापकोटा, कृष्णहरी बास्कोटा, कञ्चन राउत तथा नरबहादुर कार्की ले विषयगत, प्रेरणामूलक तथा व्यवहारिक प्रस्तुतीहरू दिएका थिए । प्रशिक्षणमार्फत कर्मचारीहरूमा सकारात्मक सोच, कार्यदक्षता, नेतृत्व विकास तथा संस्थागत रूपान्तरणका विविध पक्षबारे जानकारी […]

पुरा पढ्नुहोस्

सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुटसल प्रतियोगिता आजदेखि सुरु

भक्तपुरको सूर्यविनायक नगरपालिकाको आयोजना तथा नगर खेलकुद विकास समितिको व्यवस्थापनमा “सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुटसल प्रतियोगिता–२०८३” आजदेखि सुरु भएको छ। प्रतियोगितामा जिल्लाका विभिन्न क्लबका करिब २८ वटा टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ। प्रतियोगिता आजदेखि सुरु भई यही २६ गते हुने फाइनल खेलसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ। उद्घाटन कार्यक्रममा बोल्दै सूर्यविनायक नगरपालिकाकी उपप्रमुख […]

पुरा पढ्नुहोस्

राष्ट्रिय प्राणी उद्यानको कुरा प्रधानमन्त्री बालेन साहसमक्ष उच्च महत्वका साथ् राखेको छु : सांसद खत्री

भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजीब खत्री ले राष्ट्रिय प्राणी उद्यानको काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।  बिहीबार नेपाल प्रेस सोसाइटी ले सूर्यविनायकमा आयोजना गरेको “राष्ट्रिय प्राणी उद्यानको औचित्य र भविष्य” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद खत्रीले आगामी बजेटबाटै परियोजनाको काम सुरु गर्ने बताएका हुन्। उनले भने, “मैले केही समयअघि प्रधानमन्त्री […]

पुरा पढ्नुहोस्

भक्तपुरको डोलेश्वर क्षेत्रमा अव्यवस्थित प्लटिङका कारण बस्तीमा हिलो पस्दा स्थानीय त्रसित

भक्तपुरको सूर्यविनायक नगरपालिका ८ स्थित ऐतिहासिक डोलेश्वर महादेव मन्दिरको माथिल्लो तटीय क्षेत्रमा जथाभावी गरिएको प्लटिङका कारण बुधबारको वर्षाले स्थानीय त्रसित भएका छन्। वर्षाका कारण लेदो र हिलोमाटो बस्ती र घर–घरमा छिरेपछि स्थानीयहरूको जनजीवन प्रभावित भएको हो। प्रेस सोसाइटीसँग कुराकानी गर्दै एक स्थानीय तेज बस्नेतले मध्यराति घरमा हिलो र लेदो छिरेपछि आफूहरू रातभर त्रासमा बाँच्न बाध्य […]

पुरा पढ्नुहोस्

काँक्राबारीमा सांसद खत्रीको निरीक्षण, पाँखागाउँको प्लटिङ रोक्न सिडिओको निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद राजीब खत्रीले वर्षापछि हिलो र लेदोले प्रभावित भक्तपुरको काँक्राबारी र पाँखागाउँ क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। बुधबार परेको अविरल वर्षासँगै सूर्यविनायक नगरपालिका ९ काँक्राबारी र पाँखागाउँ प्लटिङ क्षेत्रबाट बगेको लेदो घर तथा बस्तीमा पसेपछि स्थानीय त्रसित बनेका थिए। त्यसलगत्तै सांसद खत्रीसहित प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल  र जिल्ला प्रहरी […]

पुरा पढ्नुहोस्

भक्तपुरको काँक्राबारीमा प्लटिङबाट बगेको हिलो घरमा पस्यो, स्थानीय त्रसित

भक्तपुरको सूर्यविनायक नगरपालिका–९ काँक्राबारीक्षेत्रमा गएराति परेको अविरल वर्षापछि स्थानीय बस्तीमा माटो र हिलो पसेको छ।  डाँडामा गरिएको व्यापक प्लटिङ क्षेत्रबाट बगेको लेदो सिधै घरभित्र छिरेपछि स्थानीयवासी त्रसित बनेका हुन्। प्रेस सोसाइटीसँग कुरा गर्दै एक स्थानीय जोन लामाले मध्यरातमा वर्षासँगै आएको हिलो र लेदोले घर–आँगन पूरै ढाकिएकोले आफु रातभर निदाउन नसकेको बताए । उनले भने,  “हिजो […]

पुरा पढ्नुहोस्

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान निर्माण वर्षौँदेखि अलपत्र अवस्थामा, सरकारी प्रतिबद्धताप्रति गम्भीर प्रश्न

भक्तपुरको सूर्यविनायकमा प्रस्तावित राष्ट्रिय प्राणी उद्यान निर्माण वर्षौँदेखि अलपत्र अवस्थामा रहँदा सरकारी प्रतिबद्धता र कार्यान्वयन क्षमतामाथि गम्भीर प्रश्न उठेको छ। वि.सं. २०७१ माघ २९ गते मन्त्रिपरिषद्को निर्णयअनुसार २४५ हेक्टर वनक्षेत्रमा उद्यान स्थापना गर्ने योजना अघि सारिए पनि हालसम्म ठोस प्रगति हुन सकेको छैन। केपी शर्मा ओली ले २०७३ असार ९ गते शिलान्यास गरेपछि समेत परियोजना […]

पुरा पढ्नुहोस्

नक्कली सुकुम्बासीलाई छानीछानी कारबाही गर्नुपर्छ : प्रवक्ता झा

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा प्रवक्ता मनिष झाले सुकुम्बासीको नाममा ठाउँ ओगटेर गरिब हुँ भन्दै अनैतिक र अव्यवहारिक काम गर्नेलाई कारबाहीको दायरामा ल्याउनै पर्ने बताएका छन् । सरकारले काठमाडौंका सुकुमवासी बस्ती हटाउन गरेको तयारीबारे  संक्षिप्त कुरा गर्दै झाले आश्रय लिनु र कब्जा गर्नु फरक भएको बताएका हुन् । ‘यसमा आश्रय लिने र कब्जा गर्ने फरक हुन्छ […]

पुरा पढ्नुहोस्

शेयर बजारमा चलखेल गरेको आरोपमा उद्याेगी शेखर गोल्छा पक्राउ

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा उद्याेगी शेखर गोल्छालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा अनुसन्धानका लागि गोल्छालाई नियन्त्रणमा लिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख एआईजी डा. मनोज केसीले बताए । धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतका आधारमा गोल्छा समेतको मिलेमतोमा धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ९४, […]

पुरा पढ्नुहोस्

सरकारी विज्ञापन सम्बन्धी विभेदकारी निर्णयविरुद्ध प्रधानमन्त्री साहलाई पत्रकार महासंघ भक्तपुरको ज्ञापनपत्र

नेपाल पत्रकार महासंघ भक्तपुरले सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णय तत्काल सच्याउन माग गर्दै प्रधानमन्त्री बालेन साह लाई ज्ञापनपत्र बुझाएको छ। तीन तहका सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै सीमित गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्णयलाई महासंघले विभेदकारी ठहर गर्दै उक्त निर्णय सच्याउन माग गरेको हो । महासंघका अनुसार उक्त निर्णय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अन्तर्राष्ट्रिय मापदण्ड, संवैधानिक व्यवस्था, […]

पुरा पढ्नुहोस्