राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद राजीब खत्रीले वर्षापछि हिलो र लेदोले प्रभावित भक्तपुरको काँक्राबारी र पाँखागाउँ क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।
बुधबार परेको अविरल वर्षासँगै सूर्यविनायक नगरपालिका ९ काँक्राबारी र पाँखागाउँ प्लटिङ क्षेत्रबाट बगेको लेदो घर तथा बस्तीमा पसेपछि स्थानीय त्रसित बनेका थिए। त्यसलगत्तै सांसद खत्रीसहित प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल र जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सूर्यबहादुर खड्काले प्लटिङ क्षेत्रमै पुगेर स्थानीयको गुनासो सुनेका हुन्। स्थानीयको गुनासो सम्बोधन गर्दै खत्रिकै आग्रहमा थप क्षति रोक्न काम सुरु गर्ने र पाँखाबारीको प्लटिङ कार्य तत्काल रोक्न प्रमुख जिल्ला अधिकारी ढकालले निर्देशन दिएका छन्।
यो पनि : भक्तपुरको काँक्राबारीमा प्लटिङबाट बगेको हिलो घरमा पस्यो, स्थानीय त्रसित

