डोलेश्वर माथिको प्लटिङले बढायो बाढी–पहिरोको त्रास, स्थानीय आक्रोशित

समाचार
0Shares

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित डोलेश्वर महादेव मन्दिरको माथिल्लो तटीय क्षेत्रमा गरिएको प्लटिङप्रति स्थानीयले गम्भीर चिन्ता व्यक्त गरेका छन्। वर्षायाम नजिकिँदै जाँदा जथाभावी डोजर प्रयोग गरी जमिन सम्याइएका कारण बस्तीमा बाढी तथा पहिरोको जोखिम बढेको स्थानीयहरूको भनाइ छ।

स्थानीय ज्योति थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत व्यङ्ग्यात्मक टिप्पणी गर्दै प्लटिङका कारण प्राकृतिक विपद्को जोखिम निम्तिएको उल्लेख गरेकी छन्। उनले लेखेकी छन्, “हाम्रो सीपाडोलमा त बाढी–पहिरोलाई अग्रिम निमन्त्रणा दिइसकेको छ है। गाउँबस्तीमाथिको जग्गालाई सफा चिल्लो पारेर सर्लक्क पानी–पहिरो बग्नलाई सहजीकरण गरिएको छ। तपाईंका तिर के छ कुन्नि? डोजरलाई किन दुःख दिनु, प्रकृतिले आफैं आफ्नो काम गरोस्। विकासे गाउँ सीपाडोल।”

स्थानीयहरूका अनुसार बस्तीमाथिको भूभागमा भइरहेको अनियन्त्रित प्लटिङले पानीको प्राकृतिक बहाव परिवर्तन हुने र ठूलो वर्षा हुँदा तल्लो बस्ती जोखिममा पर्ने सम्भावना बढेको छ। उनीहरूले सम्बन्धित निकायले तत्काल स्थलगत अनुगमन गरी जोखिमयुक्त गतिविधि रोक्नुपर्ने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *