अहिले मात्र हैन, पहिले नै भनेको थिएँ, जित सुनिश्चित छ : खत्रीले भने, निरिक्षणले त अहिले त झन् आत्मविश्वास बढेको छ।

भक्तपुर क्षेत्र नं. २ का रास्वपा उम्मेदवार राजीव खत्री ले आफ्नो जीत सुनिश्चित भएको बताएका छन्। आज गुण्डुमा पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्नो आत्मविश्वास व्यक्त गरेका हुन्। बुथ निरीक्षणको क्रममा गुन्दु भैरवीमा बि केन्द्रमा पुगेर पत्रकारसँग कुरा गर्दै उनले भने, “अहिले मात्र हैन, पहिले नै भनेको थिएँ, मेरो जित सुनिश्चित छ र अहिले त […]

पुरा पढ्नुहोस्

फागुन २१ को चुनाव निष्पक्ष र धाँधलीरहित बनाउँछौँ : गृहमन्त्री अर्याल

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन्। दोलखाको बैतेश्वर गाउँपालिकास्थित मतदान केन्द्र निरीक्षण तथा अनुगमनका क्रममा उनले विगतका कमजोरी सच्याइ यसपटक निर्वाचन धाँधलिरहित गराइने बताए। मन्त्री अर्यालले शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न सम्बन्धित अधिकारीलाई निर्देशनसमेत दिए। निरीक्षणपछि आयोजित कार्यक्रममा उनले सामाजिक सञ्जालमा […]

पुरा पढ्नुहोस्

चुनावी माहोल तातिँदै : रबि लामिछाने र बालेन शाह भोलि भक्तपुरमा

भोलि फागुन १६ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने र वरिष्ठ नेता बालेन शाह चुनावी प्रचार अभियानका क्रममा भक्तपुर आउने भएका छन्। पार्टीको चुनावी कार्यक्रमअनुसार बिहान ७:४५ बजेदेखि प्रचार यात्रा सुरु हुनेछ। नेताद्वयले मनोहरा पुलबाट यात्रा प्रारम्भ गर्दै पेप्सीकोला, सानोठिमी, बहाखा बजार, दुवाकोट चोक, जगाती, सूर्यविनायक, पान्दुबजार, गुन्डु, गाम्चा, दधिकोट, शंखधर चोक, दुईपोखरी थिमी, […]

पुरा पढ्नुहोस्

सर्वोच्च : जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले २०८२ भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न अस्वीकार गरेको छ। अदालतले दायर रिट खारेज गरे पनि कार्कीले नियुक्तिपूर्व सार्वजनिक रूपमा दिएका अभिव्यक्तिका कारण उनको निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने उल्लेख गरेको छ। त्यसैले उक्त पदमा बस्ने वा […]

पुरा पढ्नुहोस्

कार्यसम्पादन मूल्यांकनमा सूर्यविनायकले पायो उत्कृष्ट अंक

सूर्यविनायक नगरपालिकाले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा ६६ दशमलव ५२ अंक प्राप्त गर्न सफल भएको छ। आयोगले बिहीबार सार्वजनिक गरेको नतिजामा सूर्यविनायकले उत्कृष्ट अंक प्राप्त गर्न सफल भएको हो । आयोगले स्थानीय सरकारको हकमा १७ वटा सूचकमा मूल्यांकन गरेको थियो, जसमा बजेट समयमै सार्वजनिक/पास गर्नु, आगामी आवको बजेट अर्थ मन्त्रालयमा बुझाउनु, राजस्व […]

पुरा पढ्नुहोस्

काठमाडौँ उपत्यकाको वायु प्रदूषण यस वर्षकै खराब अवस्थामा

काठमाडौँ उपत्यकाको वायु प्रदूषण यस वर्षकै सबैभन्दा खराब अवस्थामा पुगेको छ ।  हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार काठमाडौँको वायु प्रदूषण १७५ एक्युआई पुगेको हो । यससँगै आज काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा परेको छ । 

पुरा पढ्नुहोस्

नेपाली कांग्रेस पार्टी एकढिक्का छ, जित सुनिश्चित छ : कविर राणा

२२ माघ, भक्तपुर । नेपाली कांग्रेस भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार कविर राणाले आगामी निर्वाचनमा आफूविरुद्ध प्रतिस्पर्धा गर्ने सबै उम्मेदवार बराबर भए पनि अनुभव, परिपक्वता र राजनीतिक संघर्षको हिसाबले आफू अगाडि रहेको दाबी गरेका छन्। नेपाल प्रेस युनियन, भक्तपुरको आयोजनामा बिहीबार सम्पन्न पत्रकार साक्षात्कार कार्यक्रममा बोल्दै राणाले आफूले राजनीतिमा लामो समयदेखि […]

पुरा पढ्नुहोस्

प्रधानमन्त्री सुसिला कार्की र एमाले अध्यक्ष केपी ओली बीच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री सुसिला कार्कीबीच बालुवाटारमा २ घण्टा घनिभूत छलफल भएको छ। चुनाब नजिकिएसँगै बिहीबार प्रधानमन्त्री कार्कीलाई भेट्न ओली आफै बालुवाटार पुगेका थिए । छलफलका क्रममा ओली र कार्कीले निर्वाचनलाई शान्तिपूर्ण, धाँधलीरहित र निष्पक्ष रुपमा एकै चरणमा गर्नुपर्ने विषयमा छलफल गरेका हुन् ।

पुरा पढ्नुहोस्

झापामा कुन उम्मेदवारलाई भोट हाल्नुहुन्छ भनेर सोध्न नपाइने

अबदेखि झापामा कुन उम्मेदवारलाई भोट हाल्नुहुन्छ भनेर सोध्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय झापाले मतदाताको गोपनीयता भंग गर्ने काम भइरहेको भन्दै मतदातालाई कुन उम्मेदवारलाई भोट हाल्नुहुन्छ भनेर सोध्न नपाउने निर्णय गरेको हो। 

पुरा पढ्नुहोस्

मेरो नेतृत्वको मन्त्रिपरिषद्लाई रास्वपाको सरकार भनेर प्रचार गरियो : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद्लाई रास्वपाको सरकार भनेर प्रचार हुने गरेको भन्दै आपत्ति जनाएकी छिन् । सोमबार संघिय संसदको राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने क्रममा कार्कीले जम्मा दुई जना मात्रै मन्त्री पद छाडेकाहरू रास्वपामा गएकोले आफ्नो क्याबिनेटलाई जोड्न नहुने बताएकी हुन्।

पुरा पढ्नुहोस्