नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री सुसिला कार्कीबीच बालुवाटारमा २ घण्टा घनिभूत छलफल भएको छ।
चुनाब नजिकिएसँगै बिहीबार प्रधानमन्त्री कार्कीलाई भेट्न ओली आफै बालुवाटार पुगेका थिए । छलफलका क्रममा ओली र कार्कीले निर्वाचनलाई शान्तिपूर्ण, धाँधलीरहित र निष्पक्ष रुपमा एकै चरणमा गर्नुपर्ने विषयमा छलफल गरेका हुन् ।

