फागुन २१ को चुनाव निष्पक्ष र धाँधलीरहित बनाउँछौँ : गृहमन्त्री अर्याल

राजनीति समाचार
0Shares

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन्। दोलखाको बैतेश्वर गाउँपालिकास्थित मतदान केन्द्र निरीक्षण तथा अनुगमनका क्रममा उनले विगतका कमजोरी सच्याइ यसपटक निर्वाचन धाँधलिरहित गराइने बताए। मन्त्री अर्यालले शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न सम्बन्धित अधिकारीलाई निर्देशनसमेत दिए।

निरीक्षणपछि आयोजित कार्यक्रममा उनले सामाजिक सञ्जालमा फैलाइने गलत, मिथ्या र दुष्प्रचारप्रति सचेत रहन सबै पक्षलाई आग्रह गरे। अनुगमन टोलीमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजङग केसी, प्रहरी अतिरिक्त महानिरीक्षक गणेश ठाडा मगर, गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले लगायत सहभागी थिए।

बैदेश्वर गाउँपालिकामा आठ मतदानस्थल, २१ मतदान केन्द्र र १८ हजार ४२२ मतदाता रहेका छन्। उक्त क्षेत्रमा ९०–९५ प्रतिशत मत खस्ने गरेको तथ्यांक रहेको छ। टोलीले निर्वाचन सुरक्षाबारे छलफल गर्दै विगतका संवेदनशीलता र सम्भावित समस्याको पहिचान गरी निर्वाचनपूर्व तयारी सुनिश्चित गर्ने प्रतिवद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *