ढालियो ५५ हात लामो भक्तपुरको ल्योसिंखेलको ल्योसिंद्य

समाचार
0Shares

भक्तपुर। भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का जात्रा अन्तर्गत मंगलबार साँझ मुख्य आकर्षण मानिने ल्योसिंद्य (लिंगो) विधिपूर्वक ढालिएको छ।  पूजाआजा पछि साँझ ५ बजेर ४९ मिनेटमा ल्योसिंद्य ढालिएको हो। लिंगो ढाल्नु अघि त्यसमा बेरिएका डोरी फुकाल्ने ‘वल फेनेगू’ प्रक्रिया सम्पन्न गरिएको थियो। त्यसपछि चारैतिरबाट डोरी तानेर लिंगो ढाल्ने क्रममा केही समय तानातान समेत भएको थियो। अन्ततः लिंगो पश्चिमतर्फ ढलेको छ।

गुठी संस्थान शाखा कार्यालय भक्तपुरले सार्वजनिक गरेको तालिका अनुसार ५ बजे नै ढाल्ने योजना भए पनि करिब एक घण्टा ढिला भएको हो। चैत २७ गतेदेखि सुरु भएको जात्रा बैशाख ५ गतेसम्म चल्नेछ। अन्तिम दिन पोटरी स्क्वायरमा अर्को ल्योसिंद्य ढाल्ने तथा भैरवनाथको रथ तान्ने कार्यक्रमसँगै आठ रात नौ दिन लामो जात्रा समापन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *