काठमाडौं । नेपाली कांग्रेस देउवा पक्षले सानेपास्थित केन्द्रीय कार्यालय आफूहरूकै हुने दाबी गरेको छ ।
पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा नेता मीनबहादुर विश्वकर्माले आधिकारिक रुपमा अहिले केन्द्रीय कार्यसमिति देउवा पक्षतिरै रहने र कार्यालय पनि त्यहीं रहने बताए ।
यो पार्टी कार्यालय नेपाली कांग्रेसको केन्द्रीय कार्यालय हो । यहाँ नेपाली कांग्रेसको कार्यालय छ । यहाँ केन्द्रीय समिति छ उनले भने, ‘आधिकारिकताका रुपमा अहिले नेपाली सम्पूर्ण ढंगबाट केन्द्रीय कार्यसमिति यही नै हो । यो विवादको विषय होइन । छलफलको विषय होइन ।

