रविविरुद्ध चलिरहेको अभियोगपत्र संशोधन गर्न स्वीकृत, अभियोग फिर्ता हुने तयारी

राजनीति समाचार
0Shares

काठमाडौं, ३० पुस – महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की, रुपन्देही, काठमाडौं र पर्सामा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन सरकारी वकिललाई स्वीकृति दिएको छ।

महान्यायाधिवक्ता सबिता भण्डारी बरालले स्पष्ट पार्दै भनिन्, “सहकारी ठगीको मुद्दा यथावत् छ, यो केवल अभियोगपत्र संशोधनका लागि हो, मुद्दा फिर्ता लिइएको होइन।” बुधबार स्वीकृति दिएपछि जिल्ला अदालत कास्की, रुपन्देही, काठमाडौं र पर्सामा संशोधन प्रक्रिया अगाडि बढ्नेछ। चितवनमा भने कुनै मुद्दा नचलेकाले संशोधन हुने छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *