आयल निगममा ओभरटाइम भत्ता कटौति सिफ्ट प्रणाली लागु गर्ने तयारी

अर्थ समाचार
0Shares

काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगममा अतिरिक्त काम अर्थात ओभरटाइम गरेबापत दिइँदै आएको भत्ता कटौति गर्ने तयारीलाई तीव्र पारेकी छिन । निगममा ओभरटाइमका नाममा भइरहेको करोडौँ रुपैयाँको अनावश्यक खर्च र अनियमितता रोक्न मन्त्री यादवले यस्तो कदम चालेकी हुन् ।
निगमको कर्मचारी प्रशासन नियमावली, २०६३ अन्तर्गत ुसेवा सुविधाु शीर्षकमा व्यवस्था गरिएको अतिरिक्त कार्यभत्तालाई अब ुसिफ्ट प्रणालीु का आधारमा पुनर्संरचना गर्ने गृहकार्य अघि बढाइएको छ ।

निगममा ओभरटाइम भत्ताका नाममा गत वर्ष मात्रै वार्षिक १३ करोड रुपैयाँसम्म खर्च हुँदै आएको तथ्यांक छ । मन्त्री यादवले यस प्रकारको फजुल खर्चले संस्थालाई आर्थिक भार पारेको र यसले अनियमिततालाई समेत बढावा दिएको भन्दै उक्त खर्च कटौति गर्ने निर्णय गरेकी हुन् ।

नयाँ व्यवस्था लागू भएपछि कर्मचारीहरूलाई अतिरिक्त भत्ता दिनुको साटो कार्यप्रकृतिका आधारमा विभिन्न सिफ्टमा विभाजन गरेर परिचालन गरिनेछ । यस निर्णयबाट निगमको प्रशासनिक खर्चमा उल्लेखनीय बचत हुने र संस्थाभित्र वित्तीय अनुशासन कायम गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *