भक्तपुरमा ग्यास संकटबारे छलफल, बजार अनुगमन कडा बनाइने

समाचार
0Shares

बजारमा देखिएको चर्को ग्यास अभावलाई सहजीकरण गर्न सरोकारवाला निकायहरुले तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शुक्रबार नेपाल प्रेस सोसाइटीमा राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरले आयोजना गरेको खाना पकाउने ग्यासको व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रतिनिधिसभा सदस्य गङ्गालक्ष्मी अवाल, भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्मा तथा उद्योगी–व्यवसायीले ग्यास आपूर्तिलाई नियमित र प्रभावकारी बनाउन समन्वयात्मक रूपमा अघि बढ्ने बताएका हुन्।कार्यक्रममा बोल्दै सांसद अवालले उपभोक्ताले कृत्रिम अभाव र कालोबजारीको मार खेप्न नपर्ने वातावरण बनाउन सरकार लाई खबराफारी गरिरहने बताइन्। सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बजार अनुगमनलाई थप प्रभावकारी बनाइने र कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारीमा संलग्नमाथि कानुनी कारबाही गरिने बताइन्।

त्यसैगरी कार्यक्रममा बोल्दै उद्योगी–व्यवसायीले पनि मागअनुसार ग्यास आपूर्ति व्यवस्थापनमा सहकार्य गर्दै उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाए। कार्यक्रममा उद्योग तथा बाणिज्य कार्यालय भक्तपुरका प्रमुख राम प्रसाद कुश्मा, उद्योगी तथा सूर्य ग्यास वितरक युवक राज भण्डारी, प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसी, भक्तपुर नागरिक समाजका प्रवक्ता केशव लुइँटेल लगायतले आफ्नो मन्तव्य राखेका थिए।  उक्त कार्यक्रमको सभापतित्व राष्ट्रिय उपभोक्ता मंच भक्तपुरका अध्यक्ष मनोज थापाले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *