नेपाली राजनीतिमा नयाँ समीकरणको संकेत, रास्वपा–बालेन वार्ता निर्णायक मोडमा

समाचार
0Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच एकताका लागि आज महत्वपूर्ण वार्ता भएको छ। दुवै पक्षबीच सहकार्य गर्दै अघि बढ्ने विषयमा लगभग सहमति जुटेको बताइएको छ। वार्ता दुवै पक्षबाट दुई–दुई जना सहभागी रहेको चार सदस्यीय समिति मार्फत भएको हो।

समितिबीच विभिन्न प्रस्तावहरूमा सकारात्मक छलफल भएपछि अन्तिम टुंगो भने भोली मात्रै लगाइने तयारी छ। के–के विषयमा सहमति जुट्यो भन्नेबारे दुवै पक्षले औपचारिक रूपमा खुलाएका छैनन्। तर रास्वपाका एक नेताका अनुसार मेयर बालेन शाहलाई पार्टीको सहसभापति बनाउने तथा भविष्यमा प्रधानमन्त्रीको भूमिकाका लागि अघि सार्ने प्रस्ताव छलफलमा आएको छ। साथै केन्द्रीय समितिमा बालेन शाह पक्षलाई पनि समेट्ने विषयमा सहमति नजिक पुगेको बताइएको छ।

आजको वार्तालाई रास्वपा र बालेन शाह पक्षबीच राजनीतिक एकताको दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। भोली हुने अन्तिम निर्णयले नेपाली राजनीतिमा नयाँ समीकरण बन्ने संकेत देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *