काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। ओली निवास गुण्डुमा जारी भेटमा आगामी निर्वाचनको वातावरण र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको जनाइएको छ।

निर्वाचन अनुकूल वातावरण बनाउन सरकारले ठूला दलका शीर्ष नेतासँग सम्बन्ध सुधार र संवादलाई तीव्र बनाएको छ। यसअघि खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका थिए। खरेलको सचिवालयका अनुसार आजै उनले नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गर्ने कार्यक्रम छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सरकार प्रमुख तीन दलका शीर्ष नेतासँग सघन संवादमा जुटेको हो।

