नेतृत्व परिवर्तन नभए चुनाव नलड्ने : कांग्रेस महामन्त्री थापा

समाचार
0Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री बद्री पाण्डेले आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेका छन् । कांग्रेसका १४ पदाधिकारीमध्ये तीन जना युवा पदाधिकारी निर्वाचन प्रतिस्पर्धाबाट बाहिरिने घोषणासँगै पार्टीभित्र नेतृत्व, पुस्तान्तरण र राजनीतिक संस्कृतिबारे बहस चर्किएको छ ।

महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री बद्री पाण्डेले निर्वाचन नलड्ने विषयमा सार्वजनिक घोषणा गरिसकेका छन् । महामन्त्री गगन थापाले भने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पार्टीको नेतृत्व परिवर्तन नभएसम्म निर्वाचन नलड्ने स्पष्ट पारेका छन् । बैठकमा उनले नेतृत्व परिवर्तन नगरी चुनावमा जान नसक्ने र नेतृत्व यथावत् रहे आफू उम्मेदवार नबन्ने बताएका थिए । तत्काल पार्टी नेतृत्व परिवर्तनको सम्भावना कम देखिएको छ ।

महामन्त्री शर्माले निरन्तर तीन पटक उम्मेदवार बनेकाले राजनीतिक प्रवृत्ति बदल्न यसपटक निर्वाचन नलड्ने बताएका छन् । उनले ‘सधैं उही व्यक्ति उम्मेदवार बन्ने र क्षेत्र कब्जा गर्ने प्रवृत्ति तोड्न आवश्यक छ’ भन्ने धारणा राखेका छन् । सहमहामन्त्री पाण्डेले पनि नयाँ पुस्तालाई अवसर दिन बाजुराबाट निर्वाचन नलड्ने निर्णय लिएको बताएका छन् । तीन पदाधिकारीको यो निर्णयलाई कांग्रेसभित्र पुस्तान्तरण र सुधारको संकेतका रूपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *