राजनीतिमा लाग्नेले तत्काल मन्त्री छोड्नुहोस् : प्रधानमन्त्री कार्की

समाचार
0Shares

प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिमा लाग्न खोज्ने मन्त्रीहरूलाई बाटो क्लियर गर्न निर्देशन दिएकी छन् ।

चुनाव नजिकिँदै जाँदा केही मन्त्रीहरू राजनीतिक क्रियाकलापमा लागेको र उनीहरू दलमा नै आबद्ध भएकाले प्रधानमन्त्री कार्कीले सोमबारको बैठकमा अब तत्काल पद छोड्न भनेकी हुन् ।

प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने,’ अरू साथीहरू जसले यस्तो चाहना राख्नुभएको उहाँहरूका लागि पनि त्यही कुरा लागू हुन्छ । हामी कस्तो परिस्थितिमा छौं तपाईंहरूलाई थाहा छँदैछ । यो विषय तपाईंहरू आफैं बुझ्नुहुन्छ । त्यस हिसाबले आफैंले जे गर्दा ठीक हुन्छ त्यो निर्णय आफैं गर्नुहोला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *