डिजिटल आम्दानीतर्फ बढ्दै नेपाली प्रयोगकर्ता, ‘फेसबुक मोनिटाइजेसनका लागि लोकप्रिय बन्दै Facebook monetize सहकार्य ग्रुप

अन्य
0Shares

काठमाडौँ । मेटा कम्पनीले नेपालका लागि फेसबुक कन्टेन्ट मोनेटाइजेसन सुरु गरेसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताबीच आम्दानीका अवसर खोज्ने गतिविधि तीव्र बनेको छ। यही सन्दर्भमा फेसबुकमा सञ्चालनमा आएको ‘Facebook monetize सहकार्य’ नामक ग्रुप पछिल्लो समय निकै सक्रिय र लोकप्रिय बनेको छ।

नेपाली प्रयोगकर्तालाई लक्षित गरेर सञ्चालन गरिएको उक्त ग्रुपमा समाचार तयार पार्दासम्म १ लाख ३३ हजारभन्दा बढी सक्रिय सदस्य आवद्ध छन्। ग्रुपमार्फत प्रयोगकर्ताहरूले एक–आपसमा सहकार्य गर्दै फेसबुक फलोअर्स बढाउने, कन्टेन्ट प्रमोसन गर्ने र मोनेटाइजेसनका मापदण्ड पूरा गर्न सहयोग गर्ने अभियान चलाइरहेका छन्।

ग्रुपका परिकल्पनाकार दामोदर न्यौपाने रहेका छन्।  ग्रुपका एडमिन प्रदीप गौतमका अनुसार, ग्रुपको मूल उद्देश्य आपसी सहयोगमार्फत सबै सदस्यलाई डिजिटल आम्दानीको अवसरसम्म पुर्‍याउनु हो। “सबैले सबैलाई फलो गर्ने र सकारात्मक सहयोगको संस्कार विकास गर्ने हाम्रो लक्ष्य हो,” उनले भने।

नेपालमा फेसबुक मोनेटाइजेसन नयाँ अवधारणा भएकाले धेरै प्रयोगकर्तालाई प्राविधिक जानकारी र सहकार्यको आवश्यकता रहेको छ। यही आवश्यकता पूरा गर्न ग्रुपले फेसबुक मोनेटाइजेसन सम्बन्धि नियम बनाएर महत्वपूर्ण भूमिका खेलिरहेको सहभागीहरूको भनाइ छ। पछिल्लो समय ग्रुपको बढ्दो सक्रियता र सदस्य संख्या नेपाली डिजिटल अर्थतन्त्र विस्तारतर्फको संकेतका रूपमा हेरिएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *