सूर्यबिनायकमा जुवा खाल, १ लाख ५२ हजार नगदसहित १० जना नियन्त्रणमा

समाचार
0Shares

भक्तपुर।  भक्तपुर जिल्लामा जुवा–तास खेल्ने विकृति बढ्दै गएको देखिएको छ। पछिल्लो घटनामा प्रहरीले सूर्यबिनायक नगरपालिका–६ स्थित घलातेबाट जुवा खेलिरहेका १० जनालाई पक्राउ गरेको छ। उनीहरूबाट १ लाख ५२ हजार रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सूर्यबहादुर खड्काका अनुसार गोप्य सूचनाका आधारमा गरिएको छापामा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। बरामद गरिएको नगदसहित आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा काभ्रे जिल्लाका २९ वर्षीय सुनलाल तामाङ, ३२ वर्षीय कर्मा लामा, ३२ वर्षीय बिरमान तामाङ, ३७ वर्षीय सागर लामा र ३६ वर्षीय छोइसाङ थोकर रहेका छन्। यस्तै रोमछापका ३२ वर्षीय कुशल मगर, सर्लाहीका ३१ वर्षीय टेकमान बल र ४२ वर्षीय मदन लामा पनि पक्राउ परेका छन्।

यसैगरी ओखलढुङ्गा घर भएका ४३ वर्षीय गङ्गा बहादुर सुनुवार तथा दोलखा घर भएका ५३ वर्षीय दिलीप भण्डारीलाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

स्थानीयवासीका अनुसार पछिल्लो समय भक्तपुरका विभिन्न स्थानमा लुकीछिपी जुवा–तास खेल्ने गतिविधि बढ्दै गएको छ, जसले सामाजिक विकृति फैलाउने र आर्थिक समस्यासमेत सिर्जना गर्ने गरेको छ। प्रहरीले यस्ता अवैध गतिविधिविरुद्ध कडाइका साथ निगरानी र कारबाही जारी राख्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *