काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच भेटवार्ता भएको छ। स्रोतका अनुसार हाल उनीहरूबीच छलफल जारी छ।
भेटवार्तामा रास्वपाको तर्फबाट सभापति लामिछानेसँगै उपसभापति डोलप्रसाद अर्याल सहभागी छन्। त्यस्तै, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र उनका सहयोगी कुमार बेन पनि छलफलमा सहभागी रहेका छन्।
भेटको एजेन्डाबारे आधिकारिक रूपमा जानकारी दिइएको छैन। तर समसामयिक राजनीतिक अवस्था, सुशासन, स्थानीय सरकार र राष्ट्रिय राजनीतिसँग सम्बन्धित विषयमा छलफल भइरहेको हुन सक्ने अनुमान गरिएको छ। भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

